बालबालिकालाई कलमको महत्व
युवराज शर्मा
बालबालिकाले ठूलो झोलामा धेरै पुस्तक र कापीहरु बोक्छन् । उनीहरु पढ्ने बुझाउँछ । उनीहरुको झोलामा थरि–थरिका कलमहरु हुन्छन् । त्यस्ता कलमहरुको महत्व बुझेको पाइन्न । बुबाआमाले उनीहरुलाई भोलिका दिनमा बुद्धिमान बन्ला, सोचार्य गर्छन् । तर स्कुलको पढाईले छोराछोरीहरु बुद्धिमान बन्ने र उनीहरुको भविष्य उज्ज्वल हुनेमा धेरै मिहिनेत गर्नु पर्छ । पढ्ने विद्यार्थीहरुले घरमा अठार घण्टा बिताउँछन् भने ६ घण्टा स्कूलमा बित्छ । घरमा बिताउने १८ घण्टामध्ये ६ घण्टा आराम, निद्रामा बित्सछ । बाँकी १२ घण्टामध्ये नित्यकर्म गर्दा २ घण्टा, खाना खाने र खेल्ने २ घण्टा स्कूल जाने, ड्रेस फेर्ने २ घण्टा बिताउँछन् ।
अब ६ घण्टाको समय साँझ र विहान पढ्ने हो । यस समयमा होमवर्क गर्ने, छुटेको पाठ पढ्ने, पढेका पाठहरु दोहो¥याउने र नबुझेको विषयमा टिपोट गर्ने गर्नु पर्छ । त्यसतो टिपोट विषय शिक्षकसँग राम्रो ज्ञान लिएर अभ्यास गर्नु पर्छ । यस्तो पढाई उमेरका आधारमा पढ्नु पर्छ । नर्सरीदेखि १० कक्षासम्म पढ्न १३ वर्ष लाग्छ । बाँकी २ वर्ष प्लस टु पढ्ने समय जान्छ । यसप्रकार कक्षा १२ उत्तीर्ण गर्न १५ वर्षको समय बोर्डिङ स्कूलको पढाईमा बित्छ । यति लामो समयसम्म पढ्दा आधारभूत जग कमजोर भयो भने ए–प्लस आउँदैन । त्यस समयमा पढ्नेले निराश बन्नु पर्छ । तर सामुदायिक स्कूलमा १२ वर्षको समयले प्लस–टु पूरा गर्न सकिन्छ । तापनि सामुदायिक स्कूलहरुमा पढाईको स्तर कमजोर छ । तैपनि बोर्डिङ स्कुलको पढाईसँग सामुदायिक स्कुले विद्यार्थीहरुले परीक्षामा प्रतिस्पर्धा गरेकै छन् । संख्यात्मक रुपमा धेरै सफल छन् । उनीहरुले कलमको महत्व बुझेका छन् ।
वर्तमान समयमा पढ्ने विद्यार्थीहरुको झुकाव मोवाइल खेलाउने छ । बालकदेखि किशोरावस्थासम्म मोवाइलको लगाव बढी छ । घरमा बुबाआमा, दाइभाइ, दिदीबहिनी र अन्य घरका मान्छेहरुले मोवाइल हेरेर दिन बिताउँछन् । उनीहरु मोवाइलप्रेमी भएको देखिन्छन् । त्यसको सिको पढ्ने विद्यार्थीहरुले मोवाइल प्रयोग गरेको देख्छौँ । धेरै बुबाआमाले आफ्ना छोराछोरीलाई मोवाइल खेलाउन दिन्छन् । कतिपयले मोवाइलबाट अक्षर पढाएको पाउँछौँ । उनीहरुको बानो बिगारेको बुबाआमाले हो । आमाले बालकलाई कलमको महत्व बुझाउनुपर्नेमा आफै फेसबुक, युटुब, च्याट, गीत, खेल र कमेडी हेर्छिन् र बालकलााई पनि हेराउँछिन् । त्यसको प्रभावले गर्दा छोराछोरीहरु हठी स्वभावका बन्छन् । यस्तो प्रभाव गाउँदेखि सहरबजारसम्म मोवाइलप्रेमीहरु बढेका छन् । यसबाट हुने हानीका सम्बन्ध धेरैलाई ज्ञान छैन । मोवाइललाई प्रयोग गर्नेहरुको त्यसको प्रकाश आँखाको पर्दामा चम्कन्छ । यस्तो टलकले आँखाको पर्दा खराब हुन्छ र आँखाको नानी पनि बिग्रन्छ र हेर्न सकिन्न ।
आँखाको पर्दा खुम्चिन्छ । आँखाको नानी पनि सुक्छ । आँखाले देख्ने गर्न सक्दैन । बालकले अक्षर देख्न सक्दैन । उसको पढाई टुट्छ । अक्षर लेख्न र पढ्न सक्दैन । यस्तो अवस्थामा पु¥याउने बुबाआमा र घरका परिवार नै दोषी हुन्छन् । विद्यार्थीहरुलाई मोवाइल दिने होइन, कलम दिएर लेख्न अभ्यास र प्रयोग गर्न सिकाउनु पर्छ । लेखाईको अभ्यास गर्दा साथै–साथै पढाई हुन्छ र शब्दोच्चारण शैली बसाल्न सक्छन् । बाल्यकालदेखि अक्षर र शब्दको उच्चारण शैली र लेखाईमा अक्षरहरुको संयोजन लिपिको अभ्यास भएन भने त्यसको असर पछिसम्म पर्छ । बालकमा बोधोपन बढ्दै जान्छ । पढ्ने रुची हराउँछ ।
घरमा बालबालिकाले धेरै समय बिताउने हुँदा बुबाको हेरविचार आमाको माया नपाएका केटाकेटीहरुमा बोधोपन र एकोहोरो विचार बढ्छ । कतिपय बालबालिकाले सानै उमेरमा आमाबुबा गुमाएर टुहुरा हुन्छन् । उनीहरुमा बौद्धिक क्षमता भए पनि अवसर नपाएर पढाईमा पछि पर्छन् । तर पढ्ने अवसर पाएमा अगाडि बढ्न सक्छन् । शिक्षा प्राप्त गर्ने धेरै वातावरण देखिए पनि निम्न प्रकारका विषयवस्तुहरु बालबालिकामा छ । यस्ता समस्याहरु सरुवा रोग हुन् । अल्छीपनको उपचार चाँडै गर्नुपर्छ ।
–नेपाली समाज विवेकशून्य बन्दै छ । गाउँमा बस्ने नेपाली होस् वा सहरमा बस्ने, उनीहरुले साँचो कुरा बुझ्दैनन् । धेरैले होमा हो मिलाउँछन् । सत्य कुरालाई अफवाहमा उडाउँछन् । आफ्नो महत्व दर्शाउँछन् ।
–घरमा आमाबुबाले झुठो बोलेको छोराछोरीले सिक्छन् । तर घरमा छोराछोरीले झुठो बोलेमा गाली गर्छन् । अझ पिट्छन् पनि । छोराछोरी घरमा बिग्रने मनोरोग भएकाले बालबालिका इमानदार बन्न सकेको पाइन्न । यस्ता क्रियाहरु घर–घरमा छन् । तैपनि बालकमा सुधार भएको छैन ।
–घरमा छोराछोरीलाई कलमको महत्व बुझाउनु पर्छ । उनीहरुले कलमको महत्वलाई पचाउँदछन् । आमाले आफ्ना बालबालिकालाई कसरी हुर्काउने ? खानपिनमा कुन–कुन विषयमा ध्यान दिने ? पढाईको समय कसरी निर्धारण गरिदिने ? पढाईलाई निरन्तरता कसरी दिने ? आदि विषयहरुमा बाबुआमा वा अभिभावकले सोच्नुपर्छ । तब मात्र पढाई–लेखाई सप्रन्छ ।
–बालबालिकालाई चेतना जमाएर उनीहरुलाई आचरण पालन गर्न लगाउनु पर्छ । सामाजिक भावना जगाउनु पर्छ । यस्ता कार्यहरु घरमा बुबाआमाले र स्कूलमा शिक्षकहरुको भूमिका हुनुपर्छ ।
–बालबालिकालाई भाषगत विषयमा ज्ञान गराउन सुनाई, बोलाई, पढाई, लेखाई जस्ता सीपहरुको ज्ञान गराउन शिक्षकहरु र आमाको महत्वपूर्ण भूमिका हुन्छ । स्कूलीय शिक्षण पद्धतिले विद्यार्थीहरुको पढाई र लेखाई पूरा हुन्न । स्कुलका शिक्षकले पढाई–लेखाईमा पथप्रदर्शन गराउने मात्र हो ।
जबसम्म घरमा पढाई लेखाई निरन्तर हुँदैन तबसम्म बालबालिकामा पढ्नेलेख्ने अभ्यास गर्न सक्दैनन् । उनीहरुको पढाई उपलब्धिमूलक बन्दैन । उनीहरुमा दक्षता बढ्दैन । घरमा बाबुआमाले ख्याल नगर्ने विद्यार्थीहरु प्रायः पढाईमा कमजोर हुन्छन् भने लेखाईमा शुद्ध शब्द लैख्न सक्दैनन् । जब पढाईमा पछि पर्छन् तब उनीहरुको आचरण बिग्रन्छ । स्कूल जान छोड्छन् । त्यस्ता विद्यार्थीहरु सतसंगतका आधारमा यत्रतत्र बरालिन्छन् र पढाई छोड्छन् ।
अहिले गाउँदेखि बजार बरेका बाबुआमाहरुले आफ्ना छोराछोरीहरुलाई स्कूलहरु छानी–छानी पढ्न पठाउँछन् । धेरै स्कूलहरुको संख्यात्मक रुपमा पठनपाठन छ । तर बालबालिकामा पढ्ने लेख्ने अभ्यास हुन सकेन भने पढाई लेखाई अगाडि बढेको हुन्न । वाह्य ज्ञान र सीपको विकास पनि हुन्न । यस्ता कुरामा बाबुआमा चिन्तित छन् । छोराछोरीको पढाईका लागि धेरै धनपैसा खर्चन्छन् । त्यो पनि नर्सरीदेखि १० कक्षासम्म खर्च गरेको देखिन्छ । तर उच्च शिक्षाका लागि त्यति रकम खर्चेको पाइन्न । नर्शरदेखि ग्रेड थ्रीसम्म पढाई लेखाई सप्रेन भने विद्यार्थी अगाडि बढ्न सक्दैन । पढाईमा पछि पर्छ भने लेखाईमा पेन–स्लीप गर्ने बानी बन्छ । त्यसकारण नर्सरीदेखि कलमको महत्व बुझ्न्ु पर्छ । त्यसका लाग टिचिङ शिष्टममा प्रभावकारिता ल्याउनु पर्छ ।
विद्यालयको पठनपाठन विद्यार्थीहरुको हितमा भयो भने दक्ष विद्यार्थी बन्छन् । स्कूलको पठनपाठनको जग नै दक्ष जनशक्ति उत्पादन गराउने हुनुपर्छ । प्रारम्भिक शिक्षाबाट बलियो जग बस्न सकेमा मत्र डाक्टर, इञ्जिनियर, प्राध्यापक, अनुसन्धानकर्ताहरु देशमा बढ्न सक्छन् ।
यस्ता व्यक्तित्वको विकास गर्न पनि पढाई–लेखाईबाट सम्भव छ । त्यसका लागि कलमको महत्वपूर्ण भूमिका हुन्छ । त्यसकारण आमाबुबाले आफ्ना छोराछोरीको पढाई असल बनाउन घरमा प्रयास गर्नुपर्छ । उनीहरुमा हुने हठी स्वभाव, मनोरोगी भावना र अल्छी प्रवृत्तिलाई हटाउनु पर्छ । बालबालिकालाई गाली, धम्की दिएर होयन मायालु स्वभाव देखाएर पढाईमा सुधार गर्नुपर्छ । त्यसैले भनिन्छ – कठोर व्यवहारको परिणामले बालबालिकामा सुधार हुँदैन । उनीहरुको दिनचर्यामा विकृति बढ्छ । अन्त्यमा कलमविहीन बालक बन्छन् ।
