सुभाष न्यौपाने
यो सरकारका प्रधानमन्त्रीले भन्थे ‘म भ्रष्टाचारीको मुख पनि हेर्दिन ।’ तर उनकै दरबारको रखवार गर्न बसेका गोकुल बास्कोटालाई प्रधानमन्त्रीजीले काखी च्यापेर सुरक्षा दिइरहेका छन् । जनताको गोकुल बास्कोटाप्रतिको आक्रोश र सम्बोधन सरकारले वास्ता गरेको छैन । नेपाली जनताले आफ्नो गास काटेर खाडी र विदेशमा लाश साटेर उबाजेको पैसा के सरकार र सत्ता पक्षले उठाउने मुनाफा हो ? त्यसैले केपी ओलीको बालकोट निवासको सुरक्षा गेर बस्ने गोकुल बास्कोटाले केपी ओलीको संरक्षणबिना कुनै पनि काम गर्न सक्तैनन् । गोकुल बास्कोटालाई एजेन्ट बनाएर कमिशनको कार्य गर्ने नै प्रधानमन्त्री हुन् भने अरुमाथिको आक्रमण भोलि, पर्सि र फेरि–फेरि हुन सक्छ ।
मुलुकको आर्थिक राजनीतिमा यदि प्रधानमन्त्रीलाई गम्राहमा राखेर राजनीति गर्दासम्म पनि प्रधानमन्त्री ओलीले थाहा पाउँदैनन् भने उनका आर्थिक सल्लाहकारको के काम ? उनीहरु पनि कमिशनमै मिलेका छन् भने ओलीजीले मात्र के गर्न सक्छन् ? नेपालमा प्रजातन्त्र, गणतन्त्र आइसक्दा पनि नेपाली शासकहरुको बुद्धि फेरिएको देखिइएन । मुलुकका यी सबै क्रान्ति र आन्दोलनहरु कसैका घरभित्रबाट मात्र गरेको भए यिनले जनता गुहार्न र सारथी राख्नुपर्ने पनि थिए । किनभने आन्दोलन त नेताहरुको घरका सदस्यले मात्र गरेका हुन् भन्ने हुन्थ्यो ।
जनता लडेर, भिडेर र मरेर मात्र देशको परिवर्तन भएको थियो । कसैले दाइजो वा पेवाको रुपमा मात्र मुलुकलाई चुस्ला र भँजाउला भन्ने देशवासीलाई लागेको थिएन । आफ्नै बालकोटको सुरक्षा गरेर आफ्नो उत्ताराधिकारीको रुपमा बस्ने सञ्चारमन्त्री जो नेपाल सरकारका प्रवक्ता पनि हुन् । उनले सेक्युरिटी प्रेस खरिदमा ७० करोजभन्दा माथिको वार्गेनिङ गरिरहँदा प्रधानमन्त्रीजीले थाहा पाएनन् भन्न मिल्छ ? भ्रष्टाचारीको अनुहार हेर्दैन भन्ने प्रधानमन्त्रीका घरभित्रबाटै भ्रष्टाचारी निष्क्रिय पछि त्यसले प्रधानमन्त्रीमाथि प्रश्न उठाउँछ कि उठाउँदैन ? हिजो अप्रेशनको भोलिप्लट लिटरका लिटर पिसाब उत्पादन भएको छ भन्ने डाक्टरहरुले आज पिसावमा केही संक्रमण देखिएको छ । भोलि यिनीहरुले हेर्दै जानुस् अब मृगौलाले पिसाब तयार गर्न सक्तैन पनि भन्न सक्छन् । चौबीस घण्टा नबित्दै मृगौलाले पिसाब तयार गरेको छ भन्नेहरुले यसको अरु चौबीस घण्टामा पिसाव इन्फेक्सन देखिएको छ भन्न सक्नेहरुले अरु चौबीस घण्टामा अर्को रिपोर्ट पनि तयार गर्न सक्छन् ।
एक हप्ता पहिले प्रधानमन्त्री केपी शर्मा ओलीको गत बुधवार वडो फूर्तिका साथ सफलताको विज्ञप्ति जाहेर गर्ने शिक्षण अस्पताल महाराजगञ्जमा कार्यरत विभागीय डाक्टरको टोलीले भन्ने र आफूलाई के–के न हुँ भनेर अरुहरुको अगाडि नाक फुलाउने डाक्टरहरुले निकालेको विज्ञप्ति किन यसको चौबीस घण्टा पछाडि फेल भएको देखियो ? त्यसैले श्रमजीवी कर्मशीलहरु कहिल्यै पनि आत्तिनु र मात्तिनु हुँदैन । आफ्नो कर्ममा निरन्तर लाग्नु पर्छ । कर्मशील व्यक्तिहरुमा प्रकृतिले दिएको गुण हो कहिले नआत्तिने कहिल्यै नमात्तिने खालको हुनुपर्छ । अनिमात्र उनीहरुको स्वाभिमान र मर्यादा डगमगाउँदैन । नागरिकको सेवा गर्न नागरिकका निमित्त स्थापना गरिएका निकाय र त्यसमा कार्यरत सबै तहका प्राविधिकहरु मैले राष्ट्रपतिको अप्रेशन गरे ।
प्रधानमन्त्रीको अप्रेशन गरे भनेर व्याख्या गर्न थाले कि आफ्नो कर्मलाई सम्हालेर निरन्तरता दिने ? हिजो फूर्तिका साथ सफलताको विज्ञप्ति निकाल्ने महाशय तिम्रो विज्ञप्तिको साता दशदिन नबित्दै कुनै नकारात्मक नतिजा आयो भने तिमीहरुमाथि पनि प्रश्न हुन्छ । तिमीहरु चाकडवाज हौ भन्ने कुरा । यदि त्यत्ति नजिक र नजिकको काम गर्ने मान्छेहरुले प्रधानमन्त्रीको नाममा प्रधानमन्त्रीलाई आँखामा छारो हाल्ने काम गर्नेहरुलाई कहिल्यै पनि कसैले पनि सम्मान र प्रोत्साहन गर्ने कार्य गर्नु हुँदैन । त्यस्तै दुई तिहाईको सरकार भनेर नेपाली नागरिकलाई धम्क्याउने सञ्चारमन्त्री बास्कोटा उनी प्रधानमन्त्री केपी ओलीको बालकोट दरबारका पाले हुन् भन्ने पुष्टि भइसक्दा पनि प्रधानमन्त्रीजी उनलाई चोख्याउने मात्र कुरा गर्छन् । किनभने बास्कोटा जुठए भने त बालकोट दरबार पनि जुठिन्छ । प्रधानमन्त्रीजी जुठिसकेको बालकोट दरबारलाई चोखो देखाउन चाहन्छन् । व्यक्ति कोही बोल्यो या बोलेन भन्दा पनि अहिले प्रधानमन्त्री केपी ओलीजीको निजी निवास बालकोट दरबार हो कि रिसोर्ट हो ? गोकुलले पनि पश्चिम दार्चुलाको गोकुलेश्वर भए सबैले पत्याउँथे । बिना अर्थको पूर्वको गोकुलेलाई कसले गोकुलेश्वर भनेर मान्ने ? तर त्यही गोकुलललाई गोकुलेश्वरमा स्थापित गर्न खोज्दै छन् ।
यदि बिनाअर्थका गोकुलहरुलाई गोकुलेश्वर बनाउन प्रधानमन्त्री केपी ओली लाग्छन् भने उनको पनि हैसियतमाथि प्रश्न उठ्न सक्छ । यदि कसैले पनि शून्यलाई सयको मूल्यांकन गर्न खोज्छन् भने मूल्यांकन गर्नेमाथि नै मूल्यांकन हुनसक्छ । देशमो चाहे जुनसुकै पद र तहको व्यक्ति होस् त्यसले यदि नागरिक स्तरको उत्थान गर्ने कार्य नगरेर आफ्नो मात्र उत्थानको कार्य गर्छन् भने त्यसमा पनि प्रश्न उठ्छ । प्रधानमन्त्री केपी ओलीकै कुरा गर्ने हो भने नेपालमा सरकारी सुविधा वा सरकारी रकम आधा अरबभन्दा बढी रकम खर्च गरेर उपचार गर्ने सरकार प्रमुख नै उनी होलान् । त्यसैले प्रधानमन्त्रीजी तपाईं स्वस्थ हुनुहोस् । योनेपालीहरु सबैकोचाहनार कामना हो । तर सडेगलेकालाई स्वस्थ बनाउन नखोज्नुस् । त्यो दुर्गन्ध तपाईंलाई पनि आउँछ । तपाईं त राष्ट्रिय अर्थात् राष्ट्रवादी नेताको रुपमा परिचित भएर यो देशको प्रधानमन्त्री बन्नुभएको होइन । सामान्य नागरिकलाई मुटु, मृगौलाको रोग लाग्यो भने जनता बिनाउपचार मर्नुपर्ने अवस्था नआओस् ।
यदि अझै पनि दुईतिहाईको धम्की दिएर अधिनायकवाद लाद्न सरकार उद्दत रहन्छ भने भोलि त्यसको पनि जनताले पुत्ला जलाउने छन् । विश्व इतिहासमा एउटा गम्भीर घटना जाहेर छ । रुमानियाका तत्काल कम्युनिष्ट राष्ट्रपति निकोलाई चाउचेस्को जनताले उनको विरोध गर्दा उनले जनतालाई धम्क्याउँदै भनेका थिए कि याद राख नास्पातीको बोटमा स्याऊ फल्दैन । त्यति भनिसकेपछि उनी विदेश जाँदै थिए । उनको अभिव्यक्तिको चौबीस भण्टा नबित्दै सहरदेखि विमानस्थलसम्म रहेका नास्पातीका बोटहरुमा स्याउ फलाइदिए । भोलिपल्ट भाग्नलाई तयार भएको निकोलाई चाउचेस्को विमान स्थल जाँदा बाटोदेखि विमानस्थलसम्म पुग्दा भएका सबै नास्पातीका विरुवामा स्याऊ फलिरहेको अर्थात् स्याऊ झुण्ड्याइरहेको थियो । उनी अचम्भित हुँदै विमान स्थलसम्म पुगे । अनि जनताले प्रश्न गरे नास्पातीको बोटमा स्याऊ फल्दोरहेछ कि रहेनछ ? विदेश भागेर जान लागेको राष्ट्रपतिलाई जनताले भने नास्पातीको बोटमा स्याऊ पल्दो रहेछ कि रहेनछ ? जनताको यो प्रश्नले उनलाई विमुख गरायो । तर पनि जनताको आक्रोश मरेको थिएन ।
जनताले प्लेन चढेर भाग्न लागेको राष्ट्रपतिलाई प्ेलनबाट तानेर चाउचेस्कोलाई त्यहीँ चोक्टा चोक्टा पारेको विश्व इतिहास साक्षी हुँदाहुँदै पनि किन नेपालमा सत्ताभोगीहरु आफूलाई चिन्दैनन् । काभ्रेका गोकुल बास्कोटालाई काभ्रे प्रवेश निषेध गरिएको छ । पहिले दशैऔँला जोडेर निवेदन गर्ने नेपाली नागरिकले अहिले एक औँला उठाएर खबरदारी गरिरहेका छन् । जबसम्म गोकुल बास्कोटाले बालकोट छोड्न सक्तैनन् तबसम्म गोकुलमाथि काभ्रेवासी तिम्राविरुद्धमा उत्रिसकेका छन् । त्यसैले केपीजी बालकोटबाट गोकुल बास्कोटालाई निकाल, होइन भने प्रधानमन्त्रीमाथि पनि प्रश्न उठ्न सक्छ ।