दाङ, १८ असोज । जिल्लामा रहेका भवन निर्माण व्यवसायीहरु तथा मिस्त्रीहरुलाई तालिम प्रदान गरिएको छ ।
घोराही उपमहानगरपालिका वडा नं ८ मा रहेको राप्ती इको व्लक उद्योगको आयोजनामा तालिम दिएको हो । तालिममा इन्टर लकव्लक र सिएलसी ब्लकको प्रयोग, उपयोगीता, र फाइदाका बारेमा जानकारी दिएको थियो । तालिमको प्रशिक्षकमा उद्योगका अध्यक्ष कृष्णप्रसाद गौतम, इन्जीनियर शोभाराम भट्टरार्इ रहेका थिए ।
तालिममा घोराही, नारायणपुर, तुलसीपुरका भवन निर्माण व्यवसायीहरु तथा मिस्त्रीहरु गरि ३० जनाको सहभागिता रहेको थियो । उद्योगले यस प्रकारको तालिमलाइ निरन्तरता दिने जनाएको छ । कार्यक्रमको सहजीकरण सञ्चालक पिताम्वर शर्मा गरेका थिए ।