दाङ, १८ असोज । दाङको भालुवाङ क्षेत्रलाई प्रदेश राजधानी तोक्न प्रदेश सरकारको प्रस्तावको स्वागत गर्दै नेपाली कांग्रेस क्षेत्र नंं २ ले तत्काल उक्त स्थानबाट सत्ता सञ्चालन भएको हेर्न प्रतिक्षारत रहेको बताएको छ ।
नेपाली कांग्रेस दाङ क्षेत्र नं. २ ले प्रदेशको राजधानी दाङको देउखुरी उपत्यका र लुबिम्बनी नाम राख्ने विषयमा संसदमा पेश गरेको प्रस्ताव प्रदेशवासीहरुको लागि उपयुक्त भएको भन्दै उक्त प्रस्वातको स्वागत गरेको हो ।
‘‘लामो समयदेखी ५ नंंम्वर प्रदेशको राजधानी र नामको विषयमा टुंगो लाग्न नसकेको समयमा ढिलै भएपनि प्रदेशबासीहरुकालागी पायक पर्ने स्थान दाङको देउखुरीमा राजधानी र शान्तिका दुत गौतम वुद्धको जन्मभूमी पवित्र स्थान लुम्बिनी नामबाट प्रदेशको नामाकरण गरिनु स्वागतयोग्य छ’– क्षेत्रीय सभापति भुपबहादुर डाँगीले भने–‘‘दाङले राजधानी खोजेको नभई राजधानीले दाङ खोजेको हो । प्रदेश सरकारले प्रस्ताव गरेको दाङको देउखुरी उपत्यका प्रदेशका बासिन्दाहरुकालागी पायक पर्ने स्थान हो,त्यसैले कांग्रेस स्वागत गर्दछ ।’
नेपाली कांग्रेस दाङले देश संघीयतामा गएदेखी नै दाङलाई प्रदेशको राजधानी बनाउनुपर्छ भन्ने आवाज उठाईरहेको र सोही अनुसार प्रदेश सरकारले राजधानी र नामाकरणको विषयमा प्रस्ताव पेश गरेकोमा क्षेत्रीय सभापति डाँगीले धन्यवाद व्यक्त गरेका हुन ।
केन्द्रिय राजधानीकोलागी उपयुक्त भनेर चर्चामा रहेको दाङलाई प्रदेश राजधानी बनाएर पाँच नम्बर प्रदेशबासीहरुलाई प्रदेश सरकारले न्याय गरेको पनि उनले बताएका छन् ।
साथै उनले तोकिएको स्थान दाङको देउखुरी भालुवाङ क्षेत्रमा तत्काल प्रदेश सरकारका संरचनाहरु निर्माण गरि प्रदेशको शासनसत्ता सञ्चालन भएको हेर्न नेपाली कांग्रेस प्रतिक्षारत रहेको समेत जनाएका छन् । ‘प्रदेश सरकारले प्रस्ताव गरेको स्थान पारित गरेर यहि ठाउँबाट प्रदेश सरकारका संरचनाहरु निर्माण गरि शासनसत्ता सञ्चालन गरेको हेर्न नेपाली कांग्रेस ईच्छुक रहेको छ’–विज्ञप्तिमा भनएिको छ । त्यसका लागि नेपाली कांग्रेस प्रदेश सरकारलाई सघाउन तयार रहेको समेत बताए ।
उनले दाङ राजधानी बनाउनका लागि पहल गर्ने सम्पूर्ण प्रदेश सांसदहरुलाई धन्यवाद पनि ज्ञापन गरेका छन ।