मनोज पौडेल
वाश (खानेपानी, सरसफाई तथा स्वच्छता) प्रबद्र्धनको लागि राज्यद्वारा पूर्णसरसफाई र दिगो विकास लक्ष्य (६) अवलम्बन गरिएको छ । वाश, खाद्यबस्तुको स्वच्छता, पोषण र स्वास्थ्य संस्थाको सरसफाईपूर्ण सरसफाईका अङ्गहरु हुन् ।
ज्ञान, प्रमाण र विश्वास केन्द्रको रुमपा रहेको स्वास्थ्य केन्द्रले प्रभावकारी रुपले बालबालिका, गर्भवती आमा, बिरामी, कुरुवा, परिवार र समग्र समुदायको सोच र व्यवहारमा परिवर्तन गर्न पहलकदमी गर्नुपर्ने देखिन्छ ।
पोषण संवेदनशील दृष्टिकोणको आधारमा नीति, सरोकारवालाहरु, समन्वय, आर्थिक लगानी, पोषण तथा वाशसम्बन्धी परामर्श, वाशको सुविधा, सहजकर्ताको क्षमता, समुदायको आर्थिक अवस्था र बानी व्यवहारको वस्तुपरक रुपमा विश्लेषणमार्फत् प्राप्त प्रमाणको आधारमा नीति, योजना र प्राथमिकता निर्धारण गर्ने । जसले गर्दा पोषण संवेदनशील वाशप्रति व्यापक रुपमा सरोकारवालाको सचेतीकरण (सेन्सेटाइजेशन) हुनजान्छ ।
प्रमाणमा आधारित रही प्रबद्र्धनात्मक क्रियाकलाप, अपेक्षित उपलब्धि, अनुगमन र मूल्याड्ढनका सूचक, समय सीमा, बजेट र जिम्मेवारीहरु स्पष्ट रुपमा किटानी भएको कार्ययोजना तर्जुमा गरी स्थानीय तहको वाश÷जनस्वास्थ्य प्रबद्र्धनसम्बन्धी योजनामा एकतृतीकरण गर्ने आधार तयार गर्ने ।
जसमार्फत् पोषण संवेदनशील वाश व्यवहार प्रबद्र्धनका लागि गैरसरकारी संस्था÷विकास साझेदार एवं स्थानीय तहसँगको समन्वय र सहकार्य सुदृढ हुने, वाश र पोषण संवेदनशील कार्यको लागि थप रिशोर्स पुलिङ्ग हुने र अन्त्यमा स्थायी पद्धति संस्थागत हुन पुगी जिम्मेवारी तथा उत्तरदायित्व सहित सरोकारवालाहरुको आत्मिकरण (इन्टरनलाइजेशन) हुन पुग्दछ ।
वाश, पोषण, शिक्षा र जनस्वास्थ्यसम्बन्धी क्षेत्रगत सरोकारवालाहरुको संयुक्त अनुगमन, अवलोकन भ्रमण, प्रगति समीक्षा तथा योजना तर्जुमामार्फत् नियमित तथ्याड्ढ गुणस्तर मूल्याड्ढनमा वाश र पोषणसम्बन्धी सूचकहरु समावेश हुन पुगी स्वास्थ्य संस्था एवं विद्यालयको सरसफाइको अवस्था सुधार गर्नेतर्फ सम्बन्धित सरोकारवालाको जवाफदेही (एकाउन्टेविलिटी) सुनिश्चित हुनजान्छ ।
समुदायले स्वास्थ्य र शिक्षण संस्था दुवैबाट प्रत्यक्ष सेवा प्राप्त गर्ने र ती संस्था जनस्वास्थ्यको विषयमा विशेष जिम्मेवार र विश्वासयोग्य भएकाले लिभिङ (गाउँघर) र लर्निङ (विद्यालय र स्वास्थ्य संस्था) को लिङ्केज (सम्बन्ध) को रणनीतिको आधारमा समुदायको आवाज र पृष्ठपोषण सुनिश्चित हुन गई क्षेत्रगत क्रियाकलापमा वाश र पोषण प्रबद्र्धनका विषयहरु समेटिन सक्दछन् । जसमार्फत् समतामुलक रुपमा वाश र पोषणका सेवासुविधाको विस्तार (स्केलिङ) हुन पुग्दछ ।
स्वास्थ्य संस्थामा आबद्ध कर्मचारी, स्वास्थ्यकर्मी, नर्स, महिला स्वास्थ्य स्वयम्सेविका, स्वास्थ्य सहायक, स्वयम्सेवक आदिको क्षमता अभिबृद्धि गरी उनीहरुलाई परिवर्तनका सम्वाहक (चेञ्ज एजेन्ट) को रुपमा सशक्तिकरण र क्रियाशील गराउने । जसमार्फत् मानव संसाधन र संस्थागत विकास हुन पुगी वाश र पोषण प्रबद्र्धन दिगो (सस्टेङ्नेवल) हुन पुग्दछ ।
पोषण संवेदनशील वाश व्यवहारहरुलाई स्वास्थ्यका अन्य कार्यक्रमहरु जस्तै शीघ्र कूपोषणको एकीकृत व्यवस्थापन र समुदायमा आधारित बालरोगको एकीकृत व्यवस्थापन आदिसँग एकीकृत गर्दा सोको प्रदर्शन प्रभाव (डेमोनेष्ट्रेशन इफेक्ट) को कारणले शिक्षा, महिला विकास र लैङ्गिक सशक्तिकरणलगायतका अन्य सम्बन्धित क्षेत्रमा समेत विस्तार (रेप्लिकेशन) हुन पुग्दछ ।
नियमित अनुगमन गरी कार्यहरुको आवधिक मूल्याड्ढन, आवश्यकता अनुरुप परामर्श तथा पृष्ठपोषण एवं स्थलगत अनुशिक्षण प्रदान गर्ने । जसमार्फत् सरोकारवालाहरुबीच दिगो सञ्जाल निर्माण (नेटवर्किङ) हुन पुग्दछ ।समन्वय, सहकार्य तथा पोषण संवेदनशील वाश प्रबद्र्धनका लागि अग्रणी कामदारहरुको परिचालन गर्ने, समय–समयमा अनुगमन गरी गुणस्तर सुनिश्चित गर्ने र आवश्यकता अनुसार स्थलगत अनुशिक्षण प्रदान गर्ने । उनीहरुको क्रियाशीलतामार्फत् पोषण संवेदनशील वाश प्रबद्र्धनको पैरवीको लागि थप शक्ति (सिनर्जी) हाशिल हुन पुग्दछ ।
सेवा क्षेत्रको नक्साड्ढन, प्रोब्लेम ट्री एनालाइशिस, लग फ्रेम एनालाइशिस, घरायसी तहको अनुगमन, स्थानीय सरकारको बजेट ट्रयाकिङ र सञ्चारकर्मीसँगको अन्तक्र्रिया, समन्वय र सञ्चारको लागि वहुसरोकारवालाहरुको संयुक्त बैठक र अध्ययन भ्रमण, सामुदायिक सचेतीकरणका लागि नाटक मञ्चन, कथा वाचन, वादविवाद, घटना प्रस्तुती, सरोकावालाको नक्साड्ढन, पर्चा–पम्प्लेट वितरण, स्वास्थ्य संस्थाको परामर्श, अवलोकन भ्रमण, समुदायका अगुवासँगको बैठक र व्यापक सञ्चार र पैरवीको लागि वाश–पोषण मिडिया फोरम गठन, सफल कथा र प्रेस वक्तव्य प्रशारण, रेडियो र टिभी कार्यक्रम, डकुमेन्ट्री प्रदर्शन, पर्चा पम्प्लेट तयारी र वितरण, वाश तथा पोषणसम्बन्धी दिवस÷मञ्चको उपयोग स्थानीय समाजसेवीहरुको परिचालन गर्न सकिन्छ ।
यसैगरी स्वास्थ्य संस्थासँग सम्बन्धित कागजातहरु जस्तै : ओपिडी कार्ड, सूचना, लेटरप्याड आदिमा पोषण संवेदनशील वाश व्यवहारहरुको अपनाउनको लागि सूचित गर्ने अभ्यास तथा सूचना सामग्रीको वितरण तथा व्यवस्थापनमा विशेष जोड दिने । साथै स्वास्थ्य संस्थामा आउने हरेक सेवाग्राहीलाई पोषण तथा वाश व्यवहारबारे सल्लाह दिने व्यवस्था अनिवार्य गर्नुपर्ने देखिन्छ ।
सूचना, सुविधा, धारणा र व्यवहारमा केन्द्रित गरी जोखिम र अवसरको लेखाजोखा, स्थानीय तहको वाश योजनामा पोषणका विषयलाई मूलप्रवाहीकरण महिला, बालबालिका र परिवारलाई परिवर्तनका सम्वाहक बनाउने गरी सचेतनामूलक र बानी व्यवहार परिवर्तनसम्बन्धी क्रियाकलाप सञ्चालन र कभरेज, उपयुक्तता, प्रभावकारिता, समता, दिगोपना र प्रभावको आधारमा सरोकारवालाहरुको पृष्ठपोषण र जवाफदेही सुदृढ गर्दा स्वास्थ्य संस्थाहरुले जनस्वास्थ्य सुधारमा प्रत्यक्ष सम्बन्ध राख्ने तथा समुदाय स्तरमा विस्वासिलो भएकाले पोषण संवेदनशील तथा पोषणसँग सम्बन्धित व्यवहारहरुको प्रबद्र्धन र ती व्यवहारहरुको दिगोपना सुनिश्चित गर्न सकिन्छ ।