दाङ,१८ असोज । कोरोना संक्रमणबाट विद्यार्थी र शिक्षकशिक्षिकाहरुलाई जोगाउने उद्देश्यले घोराही उपमहानगरपालिका ५ दलजितपुरमा रहेको महेन्द्र आधारभुत विद्यालयलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ ।
नेकपाका युवा नेता तथा समाजसेवी प्रेम बुढाले आइतवार विद्यालयमा पुगेर स्वास्थ्य सामग्री सहयोग गरेका हुन ।
विद्यार्थीहरुका लागि शिक्षण सिकाई कक्षा सञ्चालन गरेपछि विद्यालयमा अध्ययनरत विद्यार्थी र शिक्षकशिक्षिकालगायतका कर्मचारीहरुलाई कोरोनो संक्रमणको समयमा कोरोनाबाट बच्न सहयोग पुगोस भन्ने उद्देश्यले आफुले विद्यालयलाई मास्क, सेनेटाइजर र हातधुनलाई सावुन सहयोग गरेको बुढाले जानकारी दिएका छन् ।
बुढाले महेन्द्र आधारभुत विद्यालय दलितपुरका प्रधानाध्यापक दामोदर लामिछानेलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए । कोरोना भाइरसको जोखिमको समयमा विद्यालयमा अध्ययनरत विद्यार्थी,शिक्षक र कर्मचारीहरुलाई स्वास्थ्य सामग्री सहयोग गर्ने बुढालाई विद्यालयका प्रधानाध्यापक दामोदर लामिछानेले धन्यावाद ज्ञापन गरेका थिए ।
दुई सय बढी अध्ययनरत गर्ने विद्यालयले कोरोना महामारीका कारण अहिले दुई सिफ्टमा शिक्षण सिकाई गर्दै आएको छ । विद्यालयका प्रधानाध्यापक लामिछानेका अनुसार कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरुका लागि दिउँसो र ३, ७ र ८ कक्षासम्म अध्ययन गर्ने विद्यार्थीहरुलाई विहान पढाउने गरेको बताए ।
युवा नेता बुढाले कोरोना संक्रमणको जोखिमको समयमा सुरक्षाकर्मी, सञ्चारकर्मीसँगै विभिन्न विद्यालयहरुमा अध्ययनरत बालबालिका र पढाउने शिक्षकशिक्षिकाहरुका लागि व्यक्तिगत सहयोगमा स्वास्थ्य सामग्री सहयोग गर्दै आएका छन् ।