दाङ,१६ असोज । हाप्किडो संघ दाङलाई स्वास्थ्य सामग्री प्रदान गरिएको छ ।
कोरोना जोखिमको समयमा संक्रमणबाट बचाउने उद्देश्यले संघीय संसद स्वास्थ तथा शिक्षा संसदीय समितिकी सभापति जयपुरी घर्तीले पठाएको मास्क,सेनेटाइजरलगायतका स्वास्थ सामग्री राष्ट्रिय युवा संघका नेता हिमाल रसाइलीले दाङ जिल्ला हाप्किडो संघका अध्यक्ष भुवन बुढा मगरलाई हस्तान्तरण गरेका हुन ।
कोरोना जोखिमको समयमा खेलाडीहरुलाई सुरक्षितसँगै हौसल्ला बढाउने उद्देश्यले स्वास्थ्य सामग्री सहयोग गर्ने माननीय जयपुरी घर्ती र उक्त सामग्री संघलाई पु¥याउने युवा संघका नेता हिमाल रसाइलीलाई धन्यवाद ज्ञापन गरेका छन् ।