दाङ,१६ असोज । संघीय संसद स्वास्थ्य तथा शिक्षा संसदीय समितिका सभापति जयपुरी घर्तीले कोरोना महामारीको जोखिम कम गर्न दाङमा सञ्चारकर्मी,खेलाडी, सुरक्षाकर्मीलगायतलाई स्वास्थ्य सामाग्री सहयोग गरेकी छिन ।
कोरोना भाइरसको महामारीको समयमा जोखिमबाट बचाउने उद्देश्यले सभापति घर्तीले दाङ विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई स्वास्थ्य सामग्री पठाएकी हुन । जोखिममा रहेर काम व्यक्तिहरुलाई सेनिटाइज, मास्कलगायतका स्वास्थ्य सामग्री सभापति घर्तीले पठाएको राष्ट्रिय युवा संघका नेता नेता हिमाल रसाईलीले जानकारी दिएका छन् ।
सभापति घर्तीले पठाएका स्वास्थ्य सामग्रीहरु सञ्चारकर्मी, सुरक्षाकर्मी, खेलाडीलगायतका विभिन्न क्षेत्रमा क्रियाशिल व्यक्तिहरुलाई हस्तान्तरण गरेको नेपाल हाप्किडो संघका केन्द्रीय महासचिव सुवर्ण बिसीले जानकारी दिएका छन् ।
‘कोरोना जोखिमको समयमा जनतालाई सुरक्षित बनाउने उद्देश्यले माननिय सभापति ज्यूले जिल्लामा स्वास्थ्य सामग्री पठाउनुभएको छ’–विसीले भने–‘उक्त सामग्री हामीहरुले विभिन्न संघसस्था तथा व्यक्तिहरुलाई हस्तान्तरण गरिरहेका छौ ।’