घोराही, १६ असोज । दाङ महिला जेसीजले हरेक वर्ष जस्तै यस वर्षपनि सप्ताहव्यापी कार्यक्रम गर्ने भएको छ ।
महिला जेसीजले घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरि आइतबारदेखी हुन थालेको जेसीज सप्ताहव्यापी कार्यक्रमको बारेमा जानकारी गराएको हो ।
असोज १८ गतेदेखी सुरु हुन थालेको सप्ताहव्यापी कार्यक्रम २४ गतेसम्म हुने भएको दाङ महिला जेसीजकी कार्यकारिणी उपाध्यक्ष तथा सप्ताहव्यापी कार्यक्रमका मुल संयोजक नारायणी भण्डारीले जानकारी दिएकी छिन । उनका अनुसार जेसीजले सप्ताहव्यापी कार्यक्रमको पहिलो दिन १८ गते आइतवार सामुदायिक वन महासंघको हल भएको जग्गामा वृक्षारोपण कार्यक्रम गरि सप्ताहव्यापी कार्यक्रमको उद्घाटन गर्ने भएको छ ।
त्यसैगरि दोश्रो दिन १९ गते घोराहीमा रहेको ब्लड बैंकमा रक्तदान कार्यक्रम गर्ने,२० गते घोराही उपमहानगरपालिकामा शारिरीक अपाङ्ग तथा विपन्न परिवारलाई सहयोग गर्ने कार्यक्रम रहेको छ । यसैगरी २१ गते घोराही–१५ मा रहेको घरेलु तथा तरकारी विक्री केन्द्र अमृत टोलमा सामाजिक मनोपरामर्श तथा निशुल्क मास्क वितरण गर्ने, २२ गते दाङ महिला जेसीजको सचिवालयमा सन्देशमुलक साहित्यिक रचना वाचन कार्यक्रम गर्ने भएको मुल संयोजक भण्डारीले जानकारी दिएकी छिन ।
२३ गते प्लाष्टिकका झोलाहरु हटाउने कार्यक्रमलाई सहयोग पु¥याउने उद्देश्यले घोराही उपमहानगरपालिका वडा नं. १७ को वडा कार्यालयमा सीपमुलक सपिङ व्याग बनाउने तालिम गर्ने र २४ गते घोराही उपमहानगरपालिका १३ मा रहेको बाह्रकुने दहमा कार्यक्रम गरी सप्ताहव्यापी कार्यक्रमको समापन गर्ने कार्यक्रम रहेको दाङ महिला जेसीजकी अध्यक्ष जीवा भुषालले जानकारी दिएकी छिन् । उनले अहिले कोरोना भाइरसको जोखिमको समय भएपनि सामाजिक दुरी कायम गरेर सिमित मानिसहरुको सहभागितामा कार्यक्रम गर्न थालेको अध्यक्ष भुषालले जानकारी दिइन ।
दाङ महिला जेसीजका अध्यक्ष जिवा भुषालको अध्यक्षता तथा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनको प्रमुख आतिथ्यतामा भएको थियो । उपाध्यक्ष सिन्धु रिजालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण महासचिव संगीता गिरीले गरेकी थिइन ।