तालिम रोजगार महासंघको तदर्थ समिति गठन

अमीता चौधरी
घोराही, १५ असोज । दाङमा नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघको तदर्थ समिति गठन गरिएको छ ।

बुधवार घोराहीमा औपचारिक कार्यक्रको आयोजना गरी शोभाकर डाँगीको अध्यक्षतामा समिति गठन गरिएको हो ।

जसको उपाध्यक्षमा तारा भुसाल, गणेशकुमार भण्डारी, सचिवमा विनोद केसी, सहसचिवमा यज्ञबहादुर डाँगी, कोषाध्यक्षमा सुरेन्द्र रिजाललाई चयन गरिएको छ । यस्तै सदस्यहरुमा गणेश वली, अविनास खड्का, कमला केसी रहेका छन् ।

सल्लाहकारमा भीमबहादुर बस्नेत रहेका छन् । छरिएर रहेका तालिम रोजगारप्रदायक संस्थालाई ऐक्यबद्धता गर्ने उद्देश्यले समिति गठन गरिएको हो ।

राप्ती पोलिटेक्नीकल इन्स्टिच्युट लमहीका सञ्चालक भीमबहादुर बस्नेतको अध्यक्षता तथा महासंघका प्रदेश पाँच कोषाध्यक्ष जिवराज अधिकारीको प्रमुख आतिथ्यतामा समिति गठन भएको थियो । कार्यक्रमको सहजीकरण भीम नेपालले गरेका थिए ।