हिमाल महरा
दाङ,१४ असोज । वीपी कोइराला युवा नेतृत्व विकास मञ्च घोराहीको संयोजकमा नरेन्द्र शाह चयन भएका छन् ।
मञ्च दाङ क्षेत्र न २ को पालिका बिस्तार कार्यक्रम अन्तरगत बुधवार घोराहीमा भएको युवाहरुको भेलाले घोराही उपमहानगरपालिकाको संयोजकको जिम्मेवारी घोराही उपमहानगरपालिका १६ निवासी नरेन्द्र शाहलाई दिएको हो ।
जिम्मेवारी प्रदान कार्यक्रममा नेपाल प्राध्यापक संघका केन्द्रिय सदस्य एवम् नेपाली कांग्रेसका नेता प्रकाश श्रेष्ठ, वीपी कोइराला युवा नेतृत्व बिकास मञ्च दाङका अध्यक्ष शरोज शाहको विशेष उपस्थितिमा शाहलाई नगरको जिम्मेवारी दिइएको हो ।
उक्त भेलामा नेपाली कांग्रेस बंगलाचुली गाउपालिकाका सचिव एवम वीपी कोइराला युवा नेतृत्व बिकास मञ्च दाङका सदस्य बलदेव मल्ल, नेपाल प्राजातान्त्रीक महासंघ दाङका सचिब एवम् नेपाली कांग्रेस घोराही उपमहानगरपालिका वडा न १५का सहसचिव शिशिर अधिकारी, वीपी कोइराला युवा नेतृत्व बिकास मञ्च दाङ क्षेत्र न २का क्षेत्रीय संयोजक लेखनाथ बुढाथोकीलगायतको उपस्थिति रहेको थियो ।