क्यान्सर रोग बिरुद्ध विद्यार्थीलाई जनचेतना

शरद रेग्मी
तुलसीपुर,२४ पुस । तुलसीपुरमा बातावरणमा पर्ने असर र हुनसक्ने क्यान्सर र एनसिडी बारे एक दिने जनचेतना मुलक कार्यक्रम भएको छ । क्यान्सर काउन्सेलिङ नेपालको आयोजना एवं ज्ञानज्योती सेकेन्डरी स्कुलको सहकार्यमा बिहिवार तुलसीपुरमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

क्यान्सर काउन्सेलिङ नेपालका अध्यक्ष रुद्रलाल कडरियाको अध्यक्षतामा भएको कार्यक्रममा डा.ज्ञानेन्द्र पाण्डेले क्यान्सर के हो भन्ने थाहा भएको तर यस बारे उपयुक्त ज्ञान नहुँदा त्यसको सन्देश दिनका लागि उक्त कार्यक्रमको आयोजना गरिएको बताएका थिए । उनले बातावरणमा पर्ने असर,यसबाट हुनसक्ने क्यान्सर र एनसिडी बारे जानकारी दिएका थिए ।

नेपालका ९० हजार मानिसको बातावरण प्रदुषणकै कारण मृत्यु हुने गरेको उहाँको भनाई छ । सुर्ति,चुरोट,रक्सी जस्ता विभिन्न पिय पदार्थहरु र बाह्य प्रदुषण ( धुवा,धुलो,किटनाशकऔषधी) लगायतबाट पनि क्यान्सर रोग उत्पन्न हुने भन्दै उनले यसबारे सचेत हुन विद्यार्थीहरुलाई आग्रह समेत गराएका थिए ।

कार्यक्रममा इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलक प्रसाद शर्मा,कृष्ण पुजारालगायतले क्यान्सर रोगबारे विद्यार्थीहरुलाई जानकारी दिएका थिए ।