ज्येष्ठ नागरिकलाई न्यानो कपडा

तुलसीपुर,२४ पुस । तुलसीपुर उपमहानगरपालिका वडा नं ५ का पाँच वटा टोल विकास संस्थाका २० जना ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरिएको छ । बिहिवार तुलसीपुर उपमहानगरपालिका वडा नं ५ का अध्यक्ष बिरेन्द्रकुमार शाह र त्रिशिद्देश्वरी राप्ती यातयात प्रा.लिका अध्यक्ष सुरेश हमालले एक कार्यक्रमका बिच सयुंक्त रुपमा ज्येष्ठ नागरिकलाई सम्मान स्वरुप जाडोको कपडा बितरण गरेका थिए ।

चिसो बढेपछि सम्मानसहित जेष्ठ नागरिकलाई न्यानो कपडा बितरणको गरिएको वडा नं ५ का अध्यक्ष बिरेन्द्र शाहले बताएका छन । त्यस्तै त्रिशिद्देश्वरी राप्ती यातयात प्रा.लिका अध्यक्ष सुरेश हमालले चिसोमा न्यानोसंग बस्न, जेष्ठ नागरिकको मनोवलमा सकारात्मक सोचको बिकास गर्न र जेष्ठ नागरिकले राज्यको अनुभूती गर्न पाउन भन्दै न्यानो कपडा बितरण गरिएको बताएका थिए ।

उक्त कार्यक्रममा व्यवसायी होमप्रकाश गौतम,पत्रकार शरद रेग्मी,स्थानीय निर्मल नेपाली, बिरेन्द्र क्षेत्री, केशव केसीलगायतले स्थानीय तहले जेष्ठ नागरिकलाई सम्मान स्वरुप न्यायो कपडा बितरण गर्नुपर्ने बताएका थिए ।