एक हजार ५७३ जना संक्रमित थपिए

दाङ,११ असोज । पछिल्लो २४ घण्टामा देशभर कोरोना भाइरसका थप एक हजार ५७३ संक्रमित फेला परेका छन् । यससँगै कुल संक्रमितको संख्या ७३ हजार ३९४ पुगेको छ ।

योसँगै देशभर आइतवारसम्म सक्रिय संक्रमितको संख्या १९ हजार १९ पुगेको वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले जानकारी दिएका छन् ।

पछिल्लो २४ घण्टामा ८८५ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ५३ हजार ८९८ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ७३ दशमलव ४ प्रतिशत रहेको छ ।

३३ कोरोना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर २२५ जना आईसीयूमा राखेर उपचार भइरहेको गौतमले जानकारी दिएका छन् ।