डक्टर क्वाटरबाट मोटरसाईकल चोरी

दाङ,११ असोज । दाङमा पछिल्लो समय मोटरसाईकल चोरीका घट्नाहरु बढेका छन् ।

फितलो सुरक्षा व्यवस्थासँगै बजारमा सिसि टिभीको राम्रो व्यवस्था नहुँदा जिल्लाका घोराही,तुलसीपुरलगायतका बजारहरुमा मोटरसाईकल चोरीका घट्नाहरु हुने गरेका छन् ।

यसैक्रममा पछिल्लो समय घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको डक्टर निवासमा राखिएको रा ५ प ४६६२ नम्वरको १५० सिसीको बजाज कम्पनीको पल्सर मोटरसाइकल चोरी भएको हो ।

पश्चिम रुकुम जिल्ला मुसिकोट नगरपालिका–२ निवासी भीमबहादुर वलीले प्रतिष्ठानको डक्टर निवासमा पार्किङ गरि राखेको अवस्थामा रातो कालो कलरको मोटरसाइकल मोटरसाइकल चोरी भएको हो ।

सिसि टिभी फुटेजका अनुसार यहि असोजको ७ गते करिव ६ : ४० देखि ७ :१० बजेको समयमा मोटरसाइकल चोरी भएको पीडित वलीले जानकारी दिएका छन् ।