काठमाडौं,९ असोज । देशभर नोभेल कोरोना भाइरसका थप एक हजार ३१३ संक्रमित फेला परेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर एक हजार ३१३ संक्रमित थपिएका हुन् । देशभर आजसम्म सक्रिय संक्रमितको संख्या १८ हजार २८९ रहेको छ ।
पछिल्लो २४ घण्टामा एक हजार ४५५ जना देशभरका विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ५१ हजार ८६६ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ७३ दशमलव ४ प्रतिशत रहेको छ ।
पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १२ हजार २६२ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म ९ लाख ६५ हजार २८४ जनाको पीसीआर परीक्षण गरिएको छ । देशभरका संस्थागत आइसोलेसन ८ हजार २३७ जना र होम आइसोलेसनमा १० हजार ५२ जना रहेका छन् । आजसम्म देशभर ६ हजार ४६४ जना क्वारेन्टिनमा रहेका छन् ।
देशभर ३९ कोरोना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर २२७ जना आईसीयूमा राखेर उपचार भइरहेको छ । यससँगै कुल संक्रमितको संख्या ७० हजार ६१४ पुगेको छ ।