आधारभुत विद्यालय गिठेपानीमा दुई कोठे भवन उद्घाटन

दाङ,९ असोज । घोराही उपमहानगरपालिका वडा नं १८ स्थित आधारभुत विद्यालय गिठेपानीमा निर्माण गरिएको दुई कोठे भवनको उद्घाटन गरिएको छ ।

भवनको उद्घाटन घोराही उप महानगरपालिका वडा नं १८ का वडाध्यक्ष तथा घोराही उप महानगरपालिका प्रवक्ता भरतमणि अर्यालले गरेका हुन । दुई कोठे भवन १० लाख ५२ हजार ५ सय रुपैयाको लगानीका निर्माण गरिएको विद्यालयका प्रअ लोकराज सुवेदीले जानकारी दिए ।

प्रदेश नं ५ का सदस्य अर्जुनकुमार श्रेष्ठको सांसद विकास कोषको १० लाख र उपभोक्ताको ५२ हजार ५ सय रुपैया लगानी रहेको उनको भनाइ रहेको छ ।भवन निर्माण समितीका अध्यक्ष विष्णुप्रसाद पोख्रेलले उपभोक्ता समितीले सरकारले तोकेको भन्दा कम रकमा नै तोकेको मापदण्ड अनुसार नै भवन निर्माण सम्पन्न गर्ने सफल भएको बताए ।

उद्घाटन कार्यक्रममा बोल्दै वडा अध्यक्ष भरतमणि अर्यालले शैक्षिक सुधारका लागि अगाडि वढनु पर्ने बताए । यसका लागि सबै मिलेर अगाडि बढनु पर्ने उनको भनाइ रहेको छ । ‘सबै मिलेर अगाडि वढीएमा शैक्षिक सुधार गर्ने सकिन्छ’ अध्यक्ष अर्यालले भने । विद्यालयहरुको भौतिक विकासका लागि राज्यले सहयोग गर्ने उनको भनाइ रहेको छ ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितीका निवर्तमान अध्यक्ष केशरवहादुर रावत, कालिका सामुदायिक वन उपभोक्ता समितीका अध्यक्ष सम्झना घर्तिले,नेपाली काँग्रेस घोराही उप महानगरपालिका वडा नं १८ का इकाइ सभापती मधुसुदन अधिकारी, नेकपाका वडा नं १८ का सभापती अञ्जनकुमार पौडेलले, उक्त क्षेत्रमा रहेका ११ टोल विकास संस्थाका संयोजक मात्रिकाप्रसाद पाण्डे लगाएतकाले भनाइ राखेका थिए ।

भवन निर्माण समितीका सदस्य दिनेश वलीको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सहजिकरण विद्यालयका प्रअ लोकराज सुवेदीले गरेका थिए ।