आईटिएफ तेक्वान्दो संघद्वारा विभिन्न क्षेत्रलाई मास्क र सेनेटाइजर सहयोग

दाङ,४ असोज । कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणमा सहयोग पु¥याउने उद्देश्यले दाङ आईटिएफ तेक्वान्दो संघले विभिन्न क्षेत्रलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

संघले आइतवार सुरक्षाकर्मी तथा मास्क वैंकलाई स्वास्थ्य सामग्री सहयोग गरेको हो । संघले घोराहीमा रहेको वडा प्रहरी कार्यालय, वीपी कोइराला युवा नेतृत्व विकास मञ्च र दाङ जिल्ला फुटवल संघका महासचिव तथा समाजसेवी नरेन्द्र पुनले स्थापना गरेका छट्टा छुट्टै मास्क बैकमा पुगेर मास्क सहयोग गरेको दाङ जिल्ला आईटिएफ तेक्वान्दो संघका अध्यक्ष भीमबहादुर थापाले जानकारी दिएका छन् ।

उनका अनुसार संघले वडा प्रहरी कार्यालय घोराहीलाई ५ सय पिस सर्जिकल मास्क र सेनेटाइजर, वीपी कोइराला युवा नेतृत्व विकास मञ्च दाङलाई ५ सय पिस सर्जिकल मास्क र घोराही उपमहानगरपालिका– १४ मा फुटवल संघका महासचिव तथा समाजसेवी नरेन्द्र पुनद्वारा स्थापना गरेको मास्क बैंकलाई ३ सय पिस सर्जिकल मास्क सहयोग गरेको हो ।

सहयोग हस्तान्तरण कार्यक्रममा संघका संरक्षक प्रेम बुढा, उपाध्यक्ष आकाश बिक, सचिब मधु पन्त,कोषाध्यक्ष झक्मा विष्टलगायतका पदाधिकारीहरु पुगेर आइतवार मास्क बैंकलाई मास्क हस्तान्तरण गरेका हुन ।