प्रहरीलाई स्वास्थ्य सुरक्षा सामग्री सहयोग

दाङ,४ असोज । कोरोनाको महामारीको बेला अग्रपंक्तिमा रहेर सेवामा खटिने प्रहरीलाई स्वास्थ्य सुरक्षाका लागि नेकपाका युवा नेता एव आईटिएफ तेक्वान्दो संघ दाङका निवर्तमान अध्यक्ष प्रेम बुढाले स्वास्थ्य सामग्री सहयोग गरेका छन् ।

बुढाले स्वास्थ्य सुरक्षा सामग्री घोराही उपमहानगरपालिका–१० नारायणपुरको इलाका प्रहरी कार्यालय नारायणपुर र अस्थायी ट्राफिक प्रहरी पोष्ट नारायणपुरलाई सहयोग गरेका हुन् । बुढाले स्वास्थ्य सुरक्षा सामग्रीहरु सेनिटाइजर र मास्कलगायत सहयोग गरेका थिए ।

इप्रका नारायणपुरका इन्चार्ज सइ गणेश गिरी र अस्थायी प्रहरी पोष्टका इन्चार्ज सइ बिबेक महरालाई सयुक्तरुपमा बुढाले स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरेका हुन् ।

बुढाले जिल्लामा सुरक्षाकर्मीहरुलाई निरन्तर रुपमा स्वास्थ्य सामग्री सहयोग गर्दै आएका छन् । साथै बुढाले यो अभियान निरन्तर चल्ने पनि जानकारी दिए ।