Goraksha

National Daily

बंगलाचुलीमा युवाहरु जनमोर्चामा प्रवेश

दाङ,२ असोज । दाङको बंगलाचुली गाउँपालिकामा दर्जनौं युबाहरु राष्ट्रिय जनमोर्चामा प्रवेश गरेका छ्न् । गाउँपालिकाको मुकाम कमिरेचौरमा प्रवेश कार्यक्रम आयोजना गरि बिगतमा नेकपा र नेपाली कांंंग्रेसमा आवद्ध रहि काम गरेका युबाहरु राष्ट्रिय जनमोर्चामा प्रवेश गरेका हुन ।

प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका जिल्ला अध्यक्ष गणेश आचार्यले समाजलार्इ बिकृती र भ्रष्ट«ाचार मुक्त बनाउनको लागि सम्पूर्ण युबाहरु राष्ट्रिय जनमोर्चामा आवद्ध हुनु पर्ने कुरा बताएका थिए ।

पालिका र जिल्लालाई नै सबैखाले बेथितिबाट मुक्त गराउनको लागि जिल्ला ब्यापी युबाहरु राष्ट्रिय जनमोर्चामा प्रवेश गर्ने लहर चलेको बताउदै यसलाई आगामी दिनमा पनि निरन्तरता दिने बताएका थिए ।

बंगालाचुली गाउँपालिका प्राकृति श्रोतका हिसाबले सबैभन्दा धनी भएर पनि जनताको जीवन शैली सबैभन्दा गरीब भएकाले यसको अन्त्यको लागि युबाहरुको अग्रसरताको खाचो भएको कुरा बताए ।

कार्यक्रममा पार्टी प्रवेश गर्नेहरुमा सुमन घर्ती, पिरम नेपाली, यमबहादुर घर्ती, सुनिल घर्ती, गोलु बुढा, इश्वर मगर, कमल केसी, मिनराज घर्ती, बिबेक बुढा मगर, पुरन घर्ती, हिमलाल घर्ती, तारासिह घर्ती मगर, भोपाल बुढा, देबराज घर्ती, सुरज घर्ती प्रवेश गरेका हुन ।

त्यसैगरी चन्द्र बुढा, बिमबहादुर थापा, वसन्त तिबारी, माधब राना, नवीन बुढा, प्रेम खडका, हुकुम तिबारी, नरबहादुर जिसी, राजन घर्ती, भिम तिबारी, सन्तोष परियार, पदम खडका, मिनराज पौडेल , श्रीधर भण्डारी , डोमबहादुर बुढा, तिलक नेपाली , बिनोद बुढा, कमला केसी, सलिना परियार, उषा खडका, केसरा घर्ती टिकाराम तिबारी, बिस्ना बुढा, प्रेमलाल घर्ती भुमा बुढा , मीन बहादुर डागी, सुरेश डागी, मेघराज खत्रीलगायत युवाहरु प्रवेश गरेका हुन ।

सुमन घर्तीको अध्यक्षतामा भएको प्रवेश कार्यक्रममा जिल्ला अध्यक्ष गणेश आचार्यले सबैलाइ अबिर लगाइ पार्टीको सदस्यता प्रदान गरेका थिए । अखिल नेपाल युबक संघका जिल्ला सदस्य डोर बहादुर केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन अखिल नेपाल ट्रेड युनियन महासंघ अन्टुकका जिल्ला सचिब तुलसीराम पन्थीले गरेका थिए ।