Goraksha

National Daily

कांग्रेसलाई सशक्त बनाउन युवाहरुको आवश्यकता

दाङ,२ असोज । नेपाली कांग्रेस पाटीलाई सशक्त र संगठीत पाटी बनाउनका लागि युवाहरु अग्रसर हुनुपर्ने एक कार्यक्रमका सहभागीहरुले बताएका छन् ।

२३ औं गणेशमानसिंह स्मृति दिवसका अवसरमा शुक्रवार घोराहीमा वीपी कोइराला युवा नेतृत्व विकास मञ्च क्षेत्र न २ ले घोराहीमा आयोजना गरेको नेपाली कांग्रेसमा युवाहरूको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले यस्तो बताएका हुन ।

युवाकै कारण विगतमा कांग्रेस सशक्त र संगठित पाटी भएको भन्दै उनीहरुले अव फेरी युवाहरु लाग्नुपर्ने बताएका हुन । त्यसका लागि पाटीले युवाहरुलाई हरेक क्षेत्रमा अघि बढाउनुपर्ने समेत बताएका थिए ।

मञ्चका अध्यक्ष लेखनाथ बुढाथोकीको अध्यक्षता तथा नेपाली कांग्रेस दाङका उपसपभाति कमानसिंह भारतीको प्रमुख अतिथ्यता एव जिल्ला सचिव शंकरप्रसाद डांँगीको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको थियो ।

,कार्यक्रममा नेपाली कांग्रेस दाङका जिल्ला कोषाध्यक्षसाबित्रा राना, कांग्रेस जिल्ला सदस्य निर्मल न्यौपाने, नेपाल शिक्षक संघ प्रदेश न ५ का अध्यक्ष एवम् नेपाली कांग्रेस दाङ जिल्ला सदस्य अर्जुन योगी, तुलसीपुर उपमहानगरपालिका–१७ का सभापति लालबहादुर गिरि, घोराही उपमहानगरपालिका ७ का सभापति कर्णबहादुर बुढाथोकी, वीपी कोइराला युवा नेतृत्व विकास मञ्च दाङका अध्यक्ष सरोज शाह, सदस्यहरु बलदेव मल्ल, जगत जिएमलगायतले बोलेका थिए ।

कार्यक्रमको सहजीकरण मञ्चकी सचिव दर्शना परियारले गरेकी थिइन । त्यस्तै मञ्चले क्षेत्र नं १ ले फलफुल वितरण, क्षेत्र नं। २ ले अन्तरक्रिाय र क्षेत्र नं ३ ले रक्तदान कार्यक्रम समेत गरेको छ ।