गोग्ली प्रहरीलाई मास्क र सेनिटाइजर सहयोग
दाङ,१ असोज । नेकपाका युवा नेता प्रेम बुढाले स्वास्थ्य सामग्री सहयोगलाई निरन्तरता दिएका छन् ।
कोरोना भाइरसको संक्रमणको जोखिमको समयमा जनतासँग प्रत्यक्ष जोडिएर शान्ति सुरक्षाको काममा खट्ने सुरक्षाकर्मीलाई स्वास्थ्य सामग्री सहयोग गर्ने कार्यक्रम अन्तरगर्त बुढाले विहिवार घोराही–४ गोग्लीमा रहेको प्रहरीलाई स्वास्थ्य सामग्री सहयोग गरेका हुन ।
विहीवार आज विहान गोग्ली चौकीमा पुगेर बुढाले स्वास्थ्य सुरक्षा सामग्री अन्तर्गत सेनिटाइजर र मास्क प्रहरी चौकी गोग्लीका इन्चार्ज आङसिंह धामीलाई हस्तान्तरण गरेका हुन । कोरोनाको महामारीमा प्रहरीलाई सम्झिएर सहयोग गरेकोमा बुढालाई इन्चार्ज धामीले धन्यवाद दिएका थिए ।
स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा आर्इटिएफ दाङका अध्यक्ष भीम थापालगायतको उपस्थिती रहेको थियो । बुढा आईटिएफ तेक्वान्दो संघ दाङका निवर्तमान अध्यक्ष समेत हुन ।
