राप्ती यातायात प्रालिको अध्यक्षमा शर्मा
गोरक्ष समाचारदाता
तुलसीपुर,३१ भदौ । दागको तुलसीपुरबाट सन्चालन भैरहेको राप्ती यातायात सेवा प्रालिको अध्यक्षमा तुलसीपुरका युवा ब्यबसायी एव युवा नेता बिनोदकुमार शर्मा निर्बिरोध चयन भएका छन् ।
बुधबार तुलसीपुरमा सम्पन्न अधिबेशनबाट मधुसुदन पौडेल उपाध्यक्ष, गेहेन्द्र वली महासचिब र गणेश आरसी कोषाध्यक्षमा निर्बिरोध चयन भएका हुन ।
त्यसैगरि प्रालिको सदस्यहरुमा बसन्त केसी, बशीकुमार शर्मा, मदन आचार्य र दिपु गिरि चयन भएका छन् । प्रालिको सल्लाहकारमा निबर्तमान अध्यक्ष मदन आचार्यलाई चयन गरिएको छ ।
सो अबसरमा बोल्दै नबनिर्बाचित अध्यक्ष बिनोदकुमार शर्माले यातायात क्षेत्रको बिकासमा आफु निरन्तर लागिपर्ने बताए ।
