सवै दुरीमा यातायात सेवाको तयारी
गोरक्ष समाचारदाता
तुलसीपुर, ३१ भदौ । यातायात व्यवसायीहरुले विश्वकर्मापुजा सकेसंगै विहिवार दिउसोदेखि सवै दुरीमा यातायात सेवा सन्चालनको तयारी गरेका छन् ।
नेपाल सरकारले असोज ५ गतेदेखि सार्वजनिक यातायात सेवा सन्चालनको अनुमति दिएको भोलिपल्टै यातायात व्यवसायीको आग्रहमा फेरी असोज १ गतेदेखिनै सार्वजनिक यातायात सेवा सन्चालनकालागी अनुमति दिएको थियो ।
‘हामी सवै दुरीमा सार्वजनिक यातायात सेवा सन्चालनको तयारी गरीसकेका छौं, काठमाण्डौकालागी समेत टिकट बुकिङ खुल्ला भैसकेको छ, केहि यात्रुहरुले टिकट समेत काटेको अवस्था छ’—यातायात व्यवसायी राष्ट्रिय महासंघका सल्लाहकार तथा त्रिसिदेश्वरी राप्ती यातायात प्रालिका अध्यक्ष शुरेश हमालले भने ।
यातायात व्यवसायीहरुले तुलसीपुर तथा घोराही बसपार्कबाट सल्यान, रुकुम, प्युठान, रोल्पा, काकडभित्ता, काठमाण्डौ, पोखरा लगायतका सवै प्रमुख शहरहरुमा सार्वजनिक यातायात सेवा सन्चालनको तयारी गरेका छन् ।
यातायात सेवामा सरकारले तोकेका स्वास्थ्य मापदण्ड तथा भाडा दर कायम गर्नेगरी सेवा सन्चालनको तयार गरेको पनि समितिले जनाएको छ । केहि दिनकालागी यातायात व्यवसायीले घाटा सहेरैपनि सार्वजनिक यातायात सेवालाइ निरन्तरता दिने पनि बताएका छन् ।
यसअघि दाङबाट सार्वजनिक यातायात सेवा सन्चालन भएका सवै शहरहरुमा यातायात सेवा दिन यातायात व्यवसायीहरु तयार रहेको पनि बताइएको छ ।
