वडा प्रहरी कार्यालय घोराहीलाई स्वास्थ्य सामग्री
दाङ,३१ भदौ । कोरोनाको महामारीको समयमा जनताको सुरक्षाका लागि खटिने सुरक्षाकर्मीहरुका लागि घोराहीको एक परिवारले स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
घोराही उपमहानगरपालिका–१५ न्यू रोडस्थित सपना इन्टरप्राइजेजका प्रोप्राइटर सागर श्रेष्ठ र उनी आमा आशा श्रेष्ठले वडा प्रहरी कार्यालय घोराहीलाई स्वास्थ्य सामग्री सहयोग गरेका हुन ।
उनीहरुले वडा प्रहरी कार्यालय प्रमुख प्रहरी निरिक्षक दिनेश रिमाललार्इ १० थान ब्यानर,१० लिटर सेनिटाइजर र ५ सय थान मास्क सहयोग गरेका हुन ।
स्वास्थ्य सामग्री सहयोग गरेकोमा श्रेष्ठ परिवारलाई प्रहरी निरीक्षक रिमालले धन्यवाद दिएका छन् ।
