Goraksha

National Daily

बाबुबाट छोरी बलात्कृत

दाङ,३१ भदौ । जिल्लामा १३ बर्षीय बालिका बलात्कार भएकी छिन् । बंगलाचुली गाउँपालिका–२ मर्पेस निवासी ति बालिका आफनै ९झट्केलो बुबा० बाट यौन शोषणमा परेकी हुन ।

पीडित पक्षले बुधवार घोराहीमा पत्रकार सम्मेलन गरेर घट्ना बारेमा जानकारी गराएको हो । पीडित पक्षका अनुसार उक्त व्यक्तिले विगत २ बर्षदेखि बालबालिकालाई यौन शोषण गर्दै आएका थिए ।

डर धम्कीका कारण घट्ना बाहिर भन्न नसकेका उनीहरुले पटक पटक बालिकामाथि यौन शोषणका क्रियाकलापहरु हुन थालेपछि प्रहरीमा रिपोट गरेको उनीहरुले बताएका हुन ।

‘बालिका दुई बर्षदेखि पटक पटक यौन शोषणमा पर्दै आएकी रहिछ,तर डरका कारण हामीलाई भन्न सकेकी रहिन्छ’–पीडित बालिकाकी आफन्तले भनिन् । यौन शोषणका कारण बालिकामा शारिरीक तथा मानसिक समस्या समेत देखा परेको छ ।

पीडित पक्षको उजु्री दिएपछि ६२ बर्षीय अभियुक्तलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । आरोपित यसअघि जेठी श्रीमतिको हत्या गरि कैद भुक्तानी गरि निस्किएका व्यक्ति हुन ।