किसान जागृतिमा नयाँ कार्यसमिति चयन
दाङ,२७ भदौ । किसान जागृति युवा क्लवमा नयाँ नेतृत्व चयन गरिएको छ । कल्वको शनिवार भएको अधिवेशनले फुलमान चौधरीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
क्लवको उपाध्यक्षमा बिमला चौधरी, सचिवमा नवीव चौधरी, सहसचिवमा दिपक बस्नेत, कोषाध्यक्षमा भागीराम चौधरी चयन भएका छन् । त्यस्तै सदस्यहरुमा सुशल चौधरी, प्रविन चौधरी, भीमबहादुर चौधरी,निमबहादुर चौधरी,सरिता चौधरी र सोनम चौधरी रहेका छन् ।
भीमबहादुर चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका प्रदेश नं. ५ सदस्य तथा किसान जागृत युवा क्लवका पूर्व अध्यक्ष लक्ष्मीमान चौधरी, मनकाडारी सामुदायिक वन समूहका अध्यक्ष बुझौउना चौधरी, महिला सामुदायिक वन समूहका अध्यक्ष शान्ता रेग्मी, ताजा तरकारी कृषक समूहका अध्यक्ष बुधन्या चौधरी, ढकिया उत्पादन समूहका अध्यक्ष उर्मिला चौधरी, ढिकपुर खल्यान सडक निर्माण समितिका अध्यक्ष जगविर चौधरी,क्लवका पूर्व अध्यक्ष किरण चौधरीलगायतले क्लवले खेलकुदसँगै सामाजिक कार्यमा समेत योगदान पु¥याएको भन्दै चर्चा गरेका थिए ।
कार्यक्रमको सहजीकरण जनजागृत कृषक सहकारी सस्थाका सचिव चिल्लु चौधरीले गरेका थिए । नवनिर्वाचि क्लवका अध्यक्षलगायतको कार्यसमितिलाई टोलका ज्येष्ठ नागरिक भीमकुमारी चौधरीले अविरटिकालगाएर बधाई तथा शुभकामना दिएकी थिइन ।
