Goraksha

National Daily

कोरोना संक्रमित ५३ हजार १२० जना मध्य ३७ हजार बढि डिस्चार्ज

दाङ,२७ भदौ । नेपालमा कोरोना संक्रमितको संख्या ५३ हजार बढि पुगेको छ ।

पछिल्लो २४ घण्टामा एक हजार २ सय १ कोरोना संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५३ हजार एक सय २० जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा देशभर १० हजार १ सय ७६ पीसीआर परीक्षण गर्दा १ हजार २ सय १ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन् । उनका अनुसार देशभर आजसम्म सक्रिय संक्रमितको संख्या १५ हजार २ सय ६० रहेको छ ।

पछिल्लो २४ घण्टामा ८ सय ५२ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ३७ हजार ५२४ जना डिस्चार्ज भएका मन्त्रालयले जनाएको छ ।

देशभरका संस्थागत आइसोलेसन ९ हजार १०७ जना र होम आइसोलेसनमा ६ हजार १५३ जना रहेका छन् । आजसम्म देशभर ६ हजार ३५४ जना क्‍वारेन्टिनमा रहेका छन् । कोरोना संक्रमित मध्य १ सय ६० जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।