Goraksha

National Daily

निशुल्क मास्कसँगै तुलसीपुरमा विपन्नका लागि फुड बैंक

दाङ,२७ भदौ । हेल्पिङ हेन्डस दाङले मास्क तथा खाद्यान्न बितरण अभियान शनिवारदेखि सुरु गरेको छ ।

बिगत ५ बर्षदेखि सामाजिक कार्यमा सक्रिय रहेर काम गरिरहेको हेल्पिङ हेण्डस दाङ्ले अहिले ‘हुनेले छोडेर जाउ, नहुनेले लगेर जाँउ’ भन्ने उद्देश्यसहित फुड बैंक सुरु गरेको सस्थाका उपाध्यक्ष दिपेस ढकालले जानकारी दिएका छन् ।

तुलसीपुरको बिरेन्द्र चोकदेखि मास्क तथा खाद्यान्न बितरण शनिवार एक कार्यक्रमकाबिच सुरुवात गरेको छ। रिपोर्टस क्लबका दाङ अध्यक्ष सरद रेग्मीको प्रमुख आतिथ्यतामा खाद्यान्न सहयोग कार्यक्रमको उद्घाटन गरिएको हो ।

पछिल्लो समयमा बिश्व कोरोना महामारीबाट आक्रान्त भएकोबेला गरि खाने मजदुरहरु खान नपायर भोकै मर्न नपरोस भन्ने उदेश्यका साथ सस्थाले मास्क तथा खाद्यान्न वितरण कार्यक्रमको आयोजना गरेको सस्थाका अध्यक्ष सालिकराम गौतमले बताएका छन् ।

भजन गाउँने ओठभन्दा सहयोग गर्ने हातहरु पबित्र हुने भन्दै निम्न आयस्रोत भएका गरिब मजदुरहरुको लागि सहयोग गर्ने सहयोगी मनहरुद्वारा खाद्यान्न सहयोग गरि आफ्नो सस्थाले चालेको अभियानलार्इ सफल बनाइदिन सस्थाका सचिब प्रमोदरियाज अचार्यले सबै समक्ष अपिल गरेका छन् ।

पहिलो दिन दाल, चामल, नुन, तेल ,साबुन मास्क सहयोग गरिएको सस्थाका उपाध्यक्ष ढकालले जानकारी दिएका छन ।