Goraksha

National Daily

लकडाउनको बिकल्प खोजौ : अध्यक्ष श्रेष्ठ

शिवराज खनाल
लमही, २७ । भदौ लकडाउनका कारण व्यवसाय बन्द हुदाँ व्यवसायीहरुलाई कोठाभाडा तिर्न समेत समस्या भएको भन्दै देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष रत्नप्रसाद श्रेष्ठले लकडाउनको विकल्प खोज्न आग्रह गरेका छन् ।

लकडाउनका कारण बन्द हुदा गरि खाने वर्ग समेत समसयामा रहेकाले लकडाउनको विकल्प खोज्दा जिल्ला प्रशासन कार्यालय तथा स्थानीय प्रशासनसँग अध्यक्ष श्रेष्ठले आग्रह गरेका हुन ।

लकडाउनहुन सुरु हुनु लगत्तै तछाड र मछ्डा गर्दै राहतका कार्यक्रम भन्दै स्थानीय तहलगायत बिभिन्न निकाएले राहत बितरण गरेपनि अहिले समस्यामा परेका बर्गलाई राहत दिन स्थानीय सरकारले नसकेको समेत उनले बताए ।

‘राहत वितरण गर्नुपर्ने अवस्था अहिले छ, बास्तविक समस्या परेका परिवारको पहिचान गरि सहयोग गर्न आवश्यक छ’–अध्यक्ष श्रेष्ठले भने–‘त्यसका लागि स्थानीय प्रशासनले पहल थाल्नुपर्छ ।

देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष रत्नप्रसाद श्रेष्ठले शुक्रबार सामाजिक संजाल फेसबुकमार्फत सरकारलाइ अब लकडाउनको बिकल्प खोज्न र जनजीवनलाई सामान्य बनाउन ध्यान दिन आग्रह गरेका हुन । यदि सरकारले सहज नबनाए आम जनता बिद्रोह गर्न बाध्य हुने समेत उल्लेख गरेका छन ।

उनीले लेखेका छन्–‘अव एउटा मात्र विकल्प । स्वास्थ्य सुरक्षा कायम गरेर ब्यापार व्यवसाय र यातायात व्यवसाय खोल्नुको बिकल्प छैन । हैन भने मजदुर कृषक आमजनता यो लकडाउनको विरोधमा रोडमा आउन बाध्य हुनेछन् । भोलि सरकारले पनि थेग्न सक्दैन ।त्यसैले बेलैमा सरकारले सोच विचार पुराओस ।’

लकडाउन लम्बिदै जादा व्यापार व्यवसायमा समस्या परेको भन्दै व्यवसायी तथा यातायात व्यवसायीले लकडाउनको विकल्प खोज्न सरकारसँग आग्रह गर्दै आएका छन् ।