सञ्चारकर्मी एव चलचित्र निर्देशक पीडितको अगुवाईमा राहत वितरण गरिदै
दाङ,२५ भदौ । संचारकर्मी एवं चलचित्र निर्देशक केएल पीडितले लकडाउनका कारण संकटमा परेका दाङका संचारकर्मी, प्रेस मजदुर एवं कलाकारहरुलाई राहत वितरण अभियान शुरु गर्ने भएका छन् ।
नेपाल पत्रकार महासंघ दाङ शाखाका पूर्व अध्यक्ष समेत रहेका पीडितले संकटमा रहेकाहरुको विवरण संकलन गरिरहेको बताए ।
‘अहिले आर्थिक संकट झेलिरहेका संचारकर्मी, प्रेस मजदुर एवं कलाकारहरुको अवस्था बुझ्दैछु’–संचारकर्मी एवं चलचित्र निर्देशक पीडितले भने–‘ सबै विवरण तयार गरेर राहत वितरण अभियान शुरु गर्नेछु ।’
लामो लकडाउनका कारण संचारकर्मी, प्रेस मजदूर एवं कलाकारहरुको अवस्था निकै गंभीर भएको बताउँदै अभियन्ता पीडितले यस्तो अवस्थामा राहतका लागि सबै जुट्नुपर्ने बताए ।
राहत वितरण अभियानमा बिभिन्न संघसंस्था र व्यक्तिहरुले सहयोग गर्ने प्रतिबद्धता जनाएको अभियन्ता पीडितले बताए ।
