Goraksha

National Daily

उपमहानगर र राप्ती लाइफ केयरको सहकार्यमा आइसोेलेसन सेन्टर

गोरक्ष समाचारदाता
तुलसीपुर, २५ भदौ । दाङको तुलसीपुरस्थित राप्ती लाइफ केयर हस्टिपटल प्रालि र तुलसीपुर उमहानगरपालिकाको सहकार्यमा आइसोलेसन सेन्टर स्थापना गरिएको छ ।

लक्षण देखिएका संक्रमितहरुका लागि १५ बेड र लक्षण नदेखिएका संक्रमितहरुका लागि ५० बेडको आइसोलेसन कक्ष सञ्चालनमा ल्याएको छ ।

अस्पतालका निर्देशक जीवन भण्डारीका अनुसार दाङमा निजी क्षेत्रबाट आइसोलेसन सञ्चालनमा कोभिड–१९का संक्रमित राख्न समस्या हुने गरेको भन्दै आफूहरुले आइसोलेसन सेन्टर सञ्चालनका लागि उपमहानगरपालिकासँग सहकार्य गरेको बताए ।‘

मुलुकलाई संकट पर्दा निजी क्षेत्रको भूमिका पनि महत्वपूर्ण हुन्छ’, उनले भने– ‘अहिले कोरोनालाई जित्न हाम्रो भूमिका पनि महत्वपूर्ण हुन्छ, त्यसैले हामीले आइसोलेसन सेन्टर स्थापना गरेका छौं ।’

आइसोलेसनले निःशुल्क सुविधा दिने तुलसीपुर उपमहानगरपालिकाका कोभिड–१९ फोकल पर्सन बिमल केसीले बताए । हस्पिटलको तुलसीपुर–७ मोतीपुरस्थित भवनमा आइसोलेसन सेन्टर स्थापना गरिएको हो ।

सरकारलाई आवश्यक परेको खण्डमा जतिबेला पनि आइसोलेसन सेन्टर स्थापना गर्ने भनी गरेको प्रतिबद्धताअनुसार नै उक्त कार्यअघि बढाइएको अस्पतालका निर्देशक भण्डारीको भनाइ छ ।

हस्पिटलले यसअघि क्वारेन्टाइन सेवा पनि दिएको थियो । हस्पिटलले लकडाउनको समयमा दैनिकी चलाउन असहज भएकाहरुका लागि खाद्यान्न सहयोग गरेको थियो । कोरोनाको जोखिमका बीच पनि हस्पिटलले अहोरात्र सेवा प्रदान गरेको थियो ।