आफ्नो बोलिबाटै टिकटकमा भाइरल हुँदै बिजय

शिवराज खनाल
लमही, २४ भदौ । अहिलेको दुनिया इन्टरनेटको छ । मानिसहरु सामान किनमेल इन्टरनेटबाटै गर्छ्न । इन्टरनेटले मानिसलाई घरबाटै विद्युतको बिल, पानीको बिल, बैक भुक्तानी, स्कुल फिलगायतका सुविधा दिएको छ ।

छिनभरमै विश्वभरको खवर बुझ्नसँगै मानिसहरुको समयको बचत समेत इन्टरनेटले गरिदिएको छ । यतिमात्र होइन सामाजिक संजाल फेसबुक, टुवीटर,युटुव, टिकटकका माध्यमबाट मानिसहरु चर्चामा समेत छाउने गरेका छन् । कला र क्षमता भएर पनि पछाडी परेका प्रतिभाहरुलाई बाहिर लयाउनेदेखि युटुवका माध्यमबाट आम्दानी समेत गर्ने गरेका छन् । उनीहरुलाई देशदेखि विदेशसम्मका लागि चिन्ने गरेका छन् ।

टिकटकका माध्यमबाट पछिल्लो समय लमही निवासी बिजय पुन चर्चामा रहेका छन् । उनी एक सफल कार्यक्रम प्रस्तोता पनि हुन । उनले @bijaypun222 नामक टिकटक एकाउन्टबाट आफ्ना भिडियो अप्लोड गरिरहेका छन् ।

छोटो समयमा फ्लोर्स,लाईक बढेपछि उनी हर्षित बनेका छन् । उनले फ्लोर्स र लाइक बढाउने फ्यानहरुलाई धन्यवाद समेत व्यक्त गरेका छन् ।

सासाजिक सञ्जाल टिकटकका माध्यमबाट अरुलाई motivate गर्नका लागि आफुले टिकटकभिडियो निर्माण गर्ने गरेको बताए । पुनका ३ वटा गीतहरुमा स्वर दिएका छन भने ४ ्र५ वटा म्युजिक भिडियोमा अभिनय समेत गरिसकेका छन् ।