पार्वती बस्नेत
कोरोना भाइरसका कारण हिजोआज समय त्यस्तै नै बनेको छ । सामाजिक दुरी कायम गरेर हिड्नुपर्ने, बस्नुपर्ने, कुरा गर्नुपर्ने । कोरोना भाइरसलाई सामान्य भनौ भने नेपालमै ३ सय बढीको मृत्यु भैक्यो । रोगसँग डराऔं भने मुख छोपेर, खानपिनसँगै सरसफाईमा ध्यान दिए १४दिन गुप्तवास बस्यो भने निको भईजाने ।
अव प्रसग म आफै होम क्वारेन्टान बस्दाको हो । शुरुमा मन आत्तिएको थियो । कुरा भदौ ४ गते म फिल्ड गएको थिए । ५ गते हरितालिका तीज पर्व थियो । रमाईलो गर्न मन लायो अनि टोलका दिदीबहिनीहरु मात्रै मिलेर नाचँगान गर्यौ ।
तीज सकियो ८ गते अफिस पुगेपछि थाहा भयो । म जुन ठाँउमा फिल्ड गएको थिए उहाँको श्रीमानलाई कोरोना संक्रमण पुष्टि भएछ । त्यसपछि बल्ल म छाँगाबाट खसे झै भए । तीजका दिन र आईतबार अफिसमा भेटेका सवैका अनुहारहरु आँखा वरिपरी घुम्न थाले । आफै सम्पर्कमा हुनेमा म त तेस्रो ब्यक्तिमा पर्छु भन्ने लाग्यो तरपनि आजसम्म नेपालमा देखिएको कोरोना पोजेटिभहरु प्राय आमाको मृत्यु हुदा बच्चा र श्रीमान कसैलाई देखिएको छैन् । तरपनि अधिकाश पोजेटिभहरुको चाहिँ लक्षण नै देखिदैन । त्यसैले धेरै डराइन तर मनमा त्रास भने बढिर¥यो ।
कोरोना संक्रमित श्रीमानकी श्रीमतिसँग मेरो भेट भएको थियो । त्यसपछि सुरक्षा सर्तकताको हिसाबले म कार्यरत सस्थाले म र एकाउन्टेनलाई होम आईसोलेसनमा बस्ने निर्णय गर्यो । त्यसपछि म भदौ ९ गतेदेखि कोठामा एक्लै बस्न थाले । एक्लै बसेपनि पोजेटिभ ब्यक्तिको श्रीमतीको सम्पर्कमा आएको हुदाँ मनमा महाभारत नै चल्न थाल्यो । यदि म जोसँग सम्पर्कमा थिए उनी पोजेटिभ देखिईन भने …….।
म आफु सकुशल नै थिए, कुनै लक्षण नै थिएन तरपनि फलानोको कारण कोरोना लाग्यो भन्छन् भन्ने मनमा ठुलो त्रास थियो । त्यसपछिका दिनमा म समुदायदेखि टाढिएरै बसे । भाईले सामान बाहिरै छोडेर जान्थ्यो । टोलका दिदीबहिनी पल्लो पेटिमा बसेर कुरा गर्नुहुन्थ्यो तर म चाहन्थे श्रीमान पोजेटिभ देखिएकी महिलाको कोरोना टेस्ट छिटो होस् तर स्वास्थ्य शाखा प्रमुखसँग कुरा हुदा श्रीमानलाई पोजेटिभ देखिएको ४ दिनपछि मात्रै टेस्ट गर्ने कुरा भयो । भदौ ९ गतेबाट घरमा बसेकी म ४ दिन बित्यो । स्वास्थ्य शाखा प्रमुखले भोलि चेक हुन्छ भन्न छोडनुभएन । वडा अध्यक्षले मैले मेयर साप र स्वास्थ्य शाखा प्रमुखलाई जानकारी गराईसके भन्न छोड्नुभएन ।
पोजेटिभ देखिएका उनका श्रीमानलाई कसैले चासो नगरेपछि घरमै बस्नुभयो । उहाँ घरमा बस्दा मलाई एउटै कुराको डर लागिरह्यो अब भने थिएन भनेपनि घरपरिवारलाई नै कोरोना सर्ने भयो । म प्रत्येक दिन उहाँसग कुरा गर्थे सन्चो बिसन्चो सोध्ने गर्थे तर त्यही ठाउँमा रहेका वडा अध्यक्ष र स्वास्थ्यकर्मी ५ दिनपछि सिटामोल दिन घरमा पुग्नुभएछ । तर त्यो बेला उहाँहरुले पोजेटिभ ब्यक्ति घरमा छ, बाथरुम चर्पी कसरी ब्यबस्थापन गरेका छ्न भने सोध्न समेत भ्याएनछन् ।
घरमा पुगेका वडा अध्यक्ष र स्वास्थ्यकर्मीले नआत्तिनुहोला भन्दै औषधि दिएर फर्किनुभएछ । मसँग सम्पर्कमा भएकी महिलाकी श्रीमानलाई ज्वरो,रुघाखोकी र टाउको दुख्ने समस्याले केहि दिनसम्म सताइ नै रहेछ । ९गतेबाट म घरमै बसेको थिए । त्यसको केही दिनपछि ७ दिनको लकडाउन भयो । लकडाउन अहिले पनि छ तर बिहान ६ बजे खुलेर १२ बजे बन्द हुने स्टाइलमा लकडाउन चली नै रहेको छ ।
मलाई ती महिला र उहाँका २ छोराहरुको कोरोना टेस्ट भएर रिजल्ट आए हुने थियो भन्ने लागेको थियो । रिपोर्ट आए जे हुने थियो म पनि ढुक्क हुने थिए भन्ने लागि नै रह्यो तर कोरोना टेस्ट भएन । भोलीभन्दा भन्दै टार्ने काम गरियो ।
पÞmेरि अन्तिम पटकको कुराकानीमा स्वास्थ शाखा प्रमुखले आफै अटो रिजर्भ गरेर नारायणपुर जानुपर्छ स्वाप दिन भोलि हुन्छ भन्नुभयो । तर कोरोना पोजेटिभ श्रीमान देखिएका घरकालाई कुन अटोले नारायणपुरसम्म लैजादो होला र ? थाहा छैन म गलत पनि हुन सक्छु तर मेरो आकलनले भन्छ रोग पनि पहुँचमा र पावरमा हुनेहरुलाई लाग्यो भने डाक्टर छिटो पाउँछन् किनकि उनीहरुको हालिमुहाली जो चल्छ ।
रोग हो कसैलाई नलागोस भन्ने चाहन्छु तर मेरो चाहानाले कहाँ हुन्छ ? त्यसको केही दिनपछि जिल्ला प्रशासन कार्यालयमा कार्यरत एकजनामा पोजेटिभ देखिनासाथ,प्रशासनभित्रै स्वाव लिने काम भयो । त्यसपछि स्वास्थय शाखा प्रमुखले यहाँ फोन गरेर उहाँको स्वाव संकलन गर्ने काम गर्नुभयो ।
स्वाप लिदासम्म म नै कुनामा बस्न लागेको १० दिन पुगिसकेको थियोे । शुरुमा आत्तिएपनि अफिसबाट र मैले रेडियोमा काम गर्दाका दाजुभाई दिदीबहिनीहरुले फोनमा च्याटमा सम्झिने र सम्झाउने काम गर्नुभयो । त्यसरी कुरा हुदा आफै पनि मन एकप्रकारले खुशी हुदोरहेछ । म आत्तिनुको कारण मलाई कोरोना सर्छ भन्ने पनि होइन तर मैले तीजको समयमा टोलका दिदीबहिनी र अफिससम्म पुग्न भ्याएको थिए ।
विशेषत ममीसँग तीजमा थिए । घरमै बसेको छु भनेर मैले ममीलाई भनिन तर मेरो मामाको छोरासहित मेरा ३ वटै भाइलाई जानकारी गराए । खै कुन्नी कुन भाईले कुरो फुस्काएछ अनि उता ममीलाई रुघाखोकीसहित ज्वरो आउन थालेछ । त्यसबेला ममीले मैले पिर मान्छु भनेर मलाई नभन्ने मैले पनि ममी आत्तिनुहोला भनेर भनेकी थिइन ।
ममीले औसधि खाएपछि ज्वरो सन्चो भएछ । त्यसपछि बल्ल मैले थाहा पाए । एक्लै कोठामा बसिरहन पट्यार लाग्ने । लकडाउन भनेपछि लुकेर बस्छौ तर बजार खुल्नासाथ सुरक्षा सतर्कता नै नअपनाएर बजार ठेलमठेल गर्दै हिड्छौ । नबुझ्ने कोहि नि छैनौ तरपनि अबुझ खै किन बन्छौ ? यसैगरी भदौको २० गते शनिबार रिपोर्ट आयो ।
उहाँसहित दुई छोराहरुको रिपोर्ट नेगेटिभ आयो । त्यो सुन्दा मलाई साच्चिकै कम्ती खुखी लागेन । त्यो खुसी हुनुको मुख्य कारण मैले टोलमा अनि अफिसमा कोरोना सारिन भन्ने नै थियो । जबसम्म हामी सबैमा चेतना आउदैन नि आफू नि बाच्ने र अरुलाइ नि बचाउने भन्ने तबसम्म यो लकडाउनले मात्रै केही हुनेवाला छैन । अनि महत्त्वपूर्ण अर्को कुरा कोरोना चेकजाँचको दायरा फराकिलो बनाउनुपर्यो भन्ने नै हो ।
कोरोना परिक्षणको जिम्मा प्राइभेट अस्पतालहरुलाई दिएर हाम्रो पनि जिम्मेवारी हो भनेर कदम मिलाउदैन वा भनौ सहकार्यमा काम गर्दैन तबसम्म यो यस्तै हुने हो । नत्र लकडाउनको स्वरुप फेरिरहने तर संक्रमण दर कम नहुने समस्या रहिरहनेछ ।
सरकारी पाराको काम भैरहेको छ । तर ढिलाई छ । अन्यथा नलागोस किनकि म पोजेटिभसँगको सम्पर्कमा त थर्ड पर्सन ब्यक्ति न थिए तर घरमा श्रीमान पोजेटिभ देखिदा समेत उनलाई आइसोलेसनमा राखिदैन । उनको सम्पर्कमा रहेको व्यक्तिहरुको कोरोना टेस्ट नगर्न ढिलाई गरिनु लापरवाही होइन र ?
आइसोलेसनमा नलग्ने भनेपछि स्थानीय घर बाहिर छुट्टै सौचालय बनाउने भनेछन । त्यसका लागि स्थानीयले सौचालय बनाउनका लागि आवश्यक सामान जुटाइदिएछ्न । र, पोजेटिभ व्यक्ति आफैले अस्थायी सौचालय बनाएछन् । अझ हासो लाग्दो कुरा भनु त कोरोना संक्रमित भएको १२ दिन पुग्दाका दिन मात्रै बल्ल स्वास्थचौकीबाट तपाईंको श्रीमानलाई आइसोलेसनमा लैजाने हो कि भनेर सोध्नुभएछ ? अरे मेरो देश अनि कर्मचारी ।
यस्तै तरिकाले त होला दिनहु संक्रमित बढ्ने र लकडाउन लम्बिाउदै जनतालाई दुख दिदै जाने । कसलाइ के भन्नु र ? गरिव देशको गरिब नागरिक भएपछि किनकि यहाँ जे हुन्छ पहुँच र पावरको खेलमा हुन्छ । जनता त भगवान भरोसाकै भरमा बाच्ने हो ।