calander

December 2025
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031  

Goraksha

National Daily

सुन्न सक्दैनन्, देख्न पनि सक्दैनन् खोई उनीहरुको सरकार ?

लिलाधर वली
दाङ, ४ कार्तिक । समावेसी सरकार, जातजातीहरुको सरकार, दलहरुको सरकार । विभिन्न समुहहरुलाइ राज्यले आरक्षित गरेको छ । लोकसेवा आयोग देखि स्थानिय सरकारसम्म आरक्षित समुदायकालागी बजेट आउंछ । जंगलमा बसेका राउटे समुदायको अनुत्दानकालागी पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायको बजेट आइरहेको छ । तर सुन्न पनि नसक्ने, बोल्न पनि नसक्ने देख्न पनि नसक्नेहरुकालागी सरकार छैन जस्तै भएको छ । यी समुहका व्यक्तिहरुले अहिले सरकार खोजिरहेका छन् ।

घोराही उपमहानगरपालिका–१६ निवासी सिर्जना बस्नेत श्रवणदृष्टि हुन । उनलाई हिड्डुल गर्न अर्कैको सहारा आवश्यक पर्छ । केही नयाँ कुरा जानकारी लिन दोभासेको आवश्यकता छ शनिवार श्रवणदृष्टि विहिन संघ दाङको प्रथम साधारणसभा तथा अधिवेशनमा आइतवार घोराही आईपुगेकी बस्नेतले भनिन् । तर राज्यले हामी जस्ता व्यक्तिलाई पढाउने शिक्षकको समेत व्यवस्था गर्न सकेको छैन । ‘हामीलाई हिडडुल गर्न मात्र होइन, आफना कुरा अरुलाई सुनाउन समेत समस्या छ’,उनले भनिन्,‘हाम्रा कुरा बुझिदिने मान्छे भए सहज हुन्थ्यो ।’ राज्यले सहयोग नगर्दा अरुले भनेको सुन्न समेत नसक्ने श्रवणदृष्टि विहिनहरु निकै समस्यामा परेको बताइन ।

त्यस्तै श्रवणदृष्टि विहिन संघ दाङ तदर्थ समितिका अध्यक्ष प्रशान्त कठायतले श्रवणदृष्टि विहिनहरु समस्यै समस्यामा रहेको बताए । दोभासेको व्यवस्था नहुदा श्रवणदृष्टि विहिनहरु आफना कुराहरु राज्यलाई राख्नबाट समेत बञ्चित हुनु परेको भन्दै उनले राज्यलाई विद्यालयमा दोभासे शिक्षकको व्यवस्था गरिदिन आग्रह गरेका छन । उनीहरु प्रतिनिधि पात्रहरु मात्र हुन उनीहरु जस्तै धेरै श्रवणदृष्टि विहिन व्यक्तिहरु छन ।

जसले उचित शिक्षा नपाउँदा आफ्ना मनका अभिव्यक्तिहरु समेत राख्न सकेका छैनन् ।यसैविच श्रवणदृष्टि बिहिन संघ दाङ शाखा तदर्थ समितिको प्रथम साधारणसभा तथा अधिवेशनलाई सम्वोधन गर्दै घोराही उपमहानगरपालिकाका उपप्रमुख सिता सिक्देल न्यौपानेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले श्रवणदृष्टि विहिन व्यक्तिहरु समस्यै समस्यामा रहेको बताएका थिए ।

शिक्षाको कमिका कारण श्रवणदृष्टि विहिनहरु घरपरिवार,समाजदेखि सरकारी कार्यालयमा कामका लागि जादा अपहेलित हुनु परेकाले त्यस्ता व्यक्तिहरुलाई शिक्षाका लागि राज्यले सहयोग गर्नुपर्ने बताएका छन । कार्यक्रममा बोल्दै घोराही उपमहानगरपालिका उपप्रमुख सिता सिक्देल न्यौपानेले श्रवणदृष्टि विहिन अपांगहरु अपांगताभित्रका पनि अपांगहरु रहेको बताइन । ‘श्रवणदृष्टि विहिन व्यक्तिहरु बास्तविक अपांगहरु हुन, उनीहरुका लागि हरेक ठाउँमा सहायता आवश्यक छ’,उपप्रमुख न्यौपानेले भनिन्,‘घोराहीमा त्यस्ता व्यक्तिहरुका लागि आफु सहयोग गर्न तयार रहेको बताइन ।’

त्यस्तै उपप्रमुख न्यौपानेले फरक क्षमता भएका व्यक्तिहरुका लागि प्रदेश ५ कै नमूना विद्यालय घोराहीमाम सञ्चालन हुन थालेको भन्दै यसले फरक क्षमता भएका व्यक्तिलाई शिक्षामा महत्वपुर्ण सहयोग पु¥याउने समेत बताएकी थिइन । कार्यक्रममा श्रवणदृष्टि विहिन संघका केन्द्रीय अध्यक्ष आशा गुरुङले श्रवणदृष्टि विहिन व्यक्तिको सहायताका लागि दोभासेको आवश्यकता रहेपनि त्यो हुन नसकेको बताइन । श्रवणदृष्टि विहिन व्यक्तिका लागि घरदेखि सडकसम्म दोभासे सहयोगीको आवश्यकता हरेको बताइन । त्यसका लागि राज्यले शिक्षामा सहयोग गर्नुपर्ने बताइन । अहिले दाङमा एउटा विद्यालयमा पढाई हुने गरेपनि दोभासे शिक्षकको अभावका कारण विद्यार्थीहरु समस्यामा रहेको गुरुङको भनाई थियो ।

त्यस्तै कार्यक्रममा गुरुजजूर माध्यामिक विद्यालय तुलसीपुरका प्रधानाध्यापक प्रमोद आचार्यले फरक पहिचान भएका सुष्तश्रवण तथा श्रवणदृष्टि विहिन बालबालिकाहरुको लागि राज्यले सहयोग बढाउन आवश्यक रहेको बताए । अहिले आफनो विद्यालयमा ४५ जना विद्यार्थीहरु रहेपनि शिक्षकहरुको अभावका कारण पढाउन समस्या रहेको प्रधानाध्यापक आचार्यको भनाई थियो ।

सरिता बानियाँको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रममा पत्रकार लिलाधर वली, संघकी सचिव सिर्जना बस्नेतलगायतले बोलेका थिए । कार्यक्रममा दोभासेको काम स्मृति योगीले गरेकी थिइन । कार्यक्रममा प्रदेश नं. ५ का १२ जिल्लाका श्रवणदृष्टि विहिन व्यक्तिहरुको सहभागिता रहेको छ । श्रवणदृष्टि बिहिन संघ दाङ शाखा तदर्थ समितिका अध्यक्ष प्रशान्त कठायतको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण कृतन दुवालले गरेका थिए ।
यसैविच अधिवेशनले भीमबहादुर थापाको अध्यक्षतामा सर्वसहमत नयाँ समिति चयन गरेको छ । संघको उपाध्यक्षमा टिकाराम भुषाल,सचिवमा सुकशान्ति रोका,कोषाध्यक्षमा भिमा वली रहेका छन । त्यस्तै सदस्यहरुमा डोटीराम कुँवर, खुमबहादुर विक, सरिता बानियाँ रहेका छन ।