कोरोना संक्रमणबाट पर्सामा मात्रै ३२ जनाको मृत्यु्

दाङ,११ भदौ । नेपालमा हालसम्म कोरोना संक्रमणबाट सवैभन्दा धेरै पर्सा जिल्लामा ३२ जनाको मृत्यु भएको छ । देशभर हालसम्म कोरोना संक्रमणबाट मृत्यु भएका १ सय ८३ जना मध्य पर्सा जिल्लाका ३२ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा देशभरका विभिन्न स्थानमा थप ८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएपछि नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या १ सय ८३ जना पुगेको हो ।

त्यसपछि काठमाडौंमा कोरोना संक्रमणबाट १८ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्याले काठमाडौं दोश्रो स्थानमा रहेको छ । मन्त्रालयका अनुसार मोरङमा १५ जना, धनुषामा १२ जना, बारामा ११ जनाको मृत्यु भएको छ ।

कोरोनाबाट रुपन्देहीमा ७ जना, कैलाली र बाँके जिल्लामा ६÷६ जना, सप्तरीमा ५ जना, सिराहा,चितवन, सुनसरी, महोत्तरी र सर्लाही जिल्लामा ४÷४ जना, रौतहट, कपिलवस्तु, ललितपुर,गुल्मी, मकवानपुर, भक्तपुर,सिन्धुपालचोक र कास्की जिल्लामा ३÷३ जना, दोलखा, काभ्रेपलानचोक,स्याङ्जा,अर्घाखाची, सुर्खेत र अछाम जिल्लामा २÷२ जना र दाङ, दैलेख, बाजुरा, पाल्पा, झापा, प्यूठान, बर्दिया, बझाङ, बाग्लुङ, तजहँु, नवलपरासी पश्चिम, धादिङ, गोरखा, म्याग्दी र डोल्पामा १÷१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।