हिमदर्शन पार्क रानीकोटमा फुलबारी स्थापना

तुफानवावु गिरी
सल्यान,११ भदौ । सल्यान जिल्लाको शारदा नगरपालिका–५ रहेको राानीकोटमा रहेको हिमदर्शनपार्क पछिल्लो समय आर्कषक केन्द्र बन्दै गएको छ । उक्त ठाउँलाई द्वारीका फुलवारी नामाकरण गरी फुलवारीस्थापना गरिएको छ ।

नेपाली कांग्रेस सल्यानका सचिव तथा नेपाल विद्यार्थी संघ सल्यानका अध्यक्ष प्रकाश भण्डारीले फुलको बिरुवा रोपी फुलबारी स्थापना कार्यक्रमको शुभारम्भ गरेका थिए । फुलबारी स्थापना कार्यक्रममा बोल्दै भण्डारीले फुलवारीलाई आकर्षण बनाएर पर्यटकिय केन्द्रका रुपमा विकास गर्नुपर्ने बताएका थिए ।

सल्यानको पर्यटन क्षेत्रमा उल्लेख्य भूमिका खेलेको पार्कले स्थानीय पर्यटकहरुलाई आर्कषक गरि पार्कमा निमार्ण भएको फुलबारीले पार्कको सुन्दता बढाउने बताएका हुन ।

पछिल्लो समय स्थानीय पर्यटकको आर्कषकको केन्द्र विन्दु बन्दै गइरहेको हिम दर्शन सुन्दर दृष्यअवलोकन, पिङ, चिप्लेटीलगायतका मनोरन्जनात्मक सामग्रलीले गर्दा पार्कमा दैनिक २ सय बढि आन्तरिक तथा बाह्य पर्यटकहरु आउने गरेको शारदा नगरपालिका कार्यसमिति सदस्य पुष्पा नेपालीले बताएकी छिन् ।

जय लक्ष्मी मिल व्यवसायी समिति सल्यानले आयोजना गरेको फुलबारी स्थापना गरेको कार्यक्रममा समितिका अध्यक्ष हुर्मत अधिकारी, वडा नं.५ का सचिव नेत्र बहादुर बुढाथोकी, प्रेस युनियन सल्यानका उपाध्यक्ष राजेश शर्मा ,नेपाल विद्यार्थी संघ सल्यानका उपाध्यक्ष प्रेम नारायाण विक, मोहन वली, मिल ब्यवासयी समितिका पदाधिकारी, स्थानीयवासीलगाएतको सहभागिता रहेको थियो ।