सनातन धर्म

गुरुप्रसाद शर्मा रेग्मी

वेदको धर्म भन्नु नै सनातन धर्म भएको कुरामा कुनै शंका छैन । यही वैदिक सनातन धर्ममा न कुनै धार्मिक विभेद थियो न जातिगत विभेद नै थियो न महिला अधिकारको कुरा नै थियो । जातिको निर्धारण जन्मले नभएर कर्मले हुन्छ भन्ने मान्इता थियो । हरेक मानिसहरु स्वतःस्फूर्त रुपमा मानवीयताको मूलभर्म र मान्इतामा आबद्ध भएकाले कसैलाई कसैको सुरक्षा व्यवस्था गर्नुपर्ने आवश्यकता नै पर्दैनथ्यो ।

त्यही सनातन धर्मका कारण त्यस बेलाको युगलाई सत्य युग भनिएको हो । त्यही सनातन धर्मको परिभाषा र मान्यतालाई आफ्नो स्वभाव अनुकुल बनाउने धृष्टता केही व्यक्तिहरुले गरेर नेतृत्व गर्ने आकांक्षा राखेर लागेकाले नै विभिन्न धर्महरु नेपालका राजनीतिक दल उम्रेझैँ उम्रिन गएको तीतो-सत्य हो । यदि यो कुरा असत्य भइदिएको भए धर्म धर्महरुबीच द्वन्द्व र विवाद हुने थिएन । आपसमा झगडा र मारपिट हुने थिएन ।

सबैले मान्नेपर्ने कुरा के भने सबै धर्मको माऊ सनातन धर्म नै भएको कुरामा पनि कसैको कुनै विवाद छैन । भएको पनि सुस्त-सुस्त विवाद लीन हुँदै गएको कुरा पुष्टि हुँदै गएको हाम्रो सामू छ । जुन देवताहरुको नाममा धार्मिक संस्था बनाइएको छ । त्यसतर्फको वरखिलाफ कुरा गर्नै, बसह गर्ने, छलफल गर्ने र गराउने आफूले अँगालेको धर्मको अस्तित्व जोगाउन खोज्ने प्रवृत्तिले गर्दा जनधनको क्षति पनि व्यहोर्नुपरेको छ । योभन्दा ठूलो धार्मिक विडम्बना अरु के हुनसक्छ ।

वेदको चालिस अध्यायको पन्धवा अन्त्रमा ॐ शब्द र त्यसको शक्तिको महिमा उल्लेख भएको देखेपछि हामीभन्दा पनि शक्तिशाली अर्को कोही रहेछ भन्ने कुराको छानविन गर्दा ॐ शब्द नै परम्ब्रह्म परमात्माको गायत्रीमन्त्र हो भनेर सबै देवीदेवताहरुले परम्ब्रह्म परमात्माको गायत्रीमन्त्रको जप गर्न थालेका रहेछन् ।

सबैभन्दा ठूलो देवता भनेर मानिएका शिव, विष्णु, ब्रह्मालाई त्यही परम्ब्रह्म परमात्माको गायत्रीमन्त्र जप गर्न तल्लीन देखिन्छन् । उनीहरु र ऋषिहरु कसैले पनि दर्शन नपाएपछि उनीहरुले आफ्ना सन्तानलाई भन्न थाले । चारै वेदको सार भनेको गीता हो । यहाँ संस्कृत भाषाका विद्वान् त धेरै होलान् तर गीताको भाव र मर्म बुझेर जनतालाई बुझाउने विद्वान् कोही देखिएनन् । गीताको निर्देशनमा नरहेर ब्रह्मा विष्णु महेश्वरको घोर र हठ तपस्या गरेर पाएको शक्तिको दुरुपयोग गर्दा क्रुरकर्मी नराधम र राक्षस हुन्छन् भन्ने कुराको उल्लेख मात्र गेनन् । प्रमाण समेत पुष्टि गराएका छन् ।

गीतामा वणर्न गरिएको कठिन र जटिल तपस्या गरेर अलौकीक शक्ति प्राप्त गर्नेहरु कसैले पनि परम्ब्रह्म परमात्माको दर्शन पाएनन् । ब्रह्मा विष्णु महेश्वरको दर्शन र वरदानले अलौकीक शक्ति प्राप्त गर्ने रावण, हिरण्य कस्यप, भष्मासुरजस्ता ब्राह्मणका छोरा विद्वान् र वैज्ञानिक भएर पनि नराधम र राक्षस हुन गएका छन् ।

यही कुरा गतिाको सात अध्यायको १२, १३, १४, १५ श्लोकमा उल्लेख गरिएको देख्न सकिन्छ । त्यही सात अध्यायमा भनिएको छ । हठयोग गरेर राक्षसी स्वभाव धारण गर्ने र दूषित बन्ने काम गर्नुभन्दा यदि ध्यान तपस्या गर्छौ भने म वाहेक अरु कसैको गर्नु पर्दैन । मेरो ध्यानले मात्र तिम्रो मुक्ति हुनसक्छ । शिव विष्णु ब्रह्माको तपस्याले शक्ति त पाउला मुक्ति पाउन कहिल्यै सक्दैनौा ।

ब्रह्मा, विष्णु, महेश, राम, कृष्ण सबैले परम्ब्रह्म परमात्माको निर्देशनमा दैवीय काम गरिरहेका हुन्छन् । उनीहरुलाई देवता भनेर पूजा गर्दछौँ । जन्म, मृत्यु हुने कोही पनि देवता हुन सक्दैनन् । ब्रह्मा, विष्ण, महेश, दुर्गा र परम्ब्रह्म परमात्माका सन्तान हुन् । कल्प-कल्पमा यिनको जन्म, मृत्यु हुने भएकाले यिनीहरुलाई आदि शिव, आदि विष्णु भनिएको हो ।

यसले के पनि सिद्ध हुन्छ भने कुरुक्षेत्रमा अर्जुनलाई गीताको उपदेश दिने परम्ब्रह्म परमात्मा नै हुन् भन्ने कुरा महाभारतको अन्त्यमा कृष्णको अन्तिम समयमा पाण्डवहरुको सामू कृष्ण आफैले स्वीकारेको देख्न सकिन्छ सदि यदि देवी नै भएको भए उनको मृत्यु हुने थिएन । लाश बेकेर शिवलाई हिड्नुपर्ने थिएन । अवश्य पनि यो कलियुगिन कर्मकाण्डको विज्ञापन हो जस्तो लाग्छ ।

कुनै पनि मानिसले कर्मकाण्ड गर्दछ भने त्इसको वैज्ञानिकता छ । त्यस कारण कर्मकाण्ड गर्ने र गराउनेहरुले शास्त्रमा उल्लेख विधि अनुसार गर्नु गराउनु पर्दछ । तर यति बेला धेरैजसो धार्मिक अनुष्ठान गर्ने गराउनेहरुले शास्त्र विधिहरुलाई तपसिलमा राखेर मनगढन्ते विधि बनाएर धार्मिक अनुष्ठान गर्ने गराउने गरेको देखिन्छ । यस्तो धर्मिक अनुष्ठान गर्ने गराउनेहरुलाई कुनै फल प्राप्ति हुँदैन । सधैँ जन्म मरणको चक्रव्यूहमा रहिरहनुपरेको हुन्छ । मुक्ति हुन सक्तैन ।

जबसम्म कसैको नाम, थर उल्लेख गरेर बोलाइँदैन तबसम्म ऊ आउँदैन । त्यसैगरी देवताहरुको पनि निजीमन्त्र हुन्छ । त्यही निजी मन्त्रबाट बोलाउने हो भने देवताहरु पनि आउँछन् । बिनामन्त्रको कसैको विरह वेदनालाई न देवताले सुन्छन्, न आउँछन् भन्ने कुरा सबैले बुझ्नु पर्दछ । मुक्ति प्राप्त र पापमुक्त हुनलाई मानिसले तीर्थ, ब्रत, पूजा, पाठ, पुराण, लगाउने गर्दछ । यो मानिसको आत्मबल र आत्मविश्वास बढाउने प्रक्रिया मात्र हो । यसले कसैको मुक्ति हुने सम्भावना छैन ।

यी सबै कुराहरु सत्य, त्रेता, द्वापरमा केही थिएन भने कलियुगमा किन यसरी प्रख्यात भए । सतीका अंग पतन भएका स्थानलाई शक्तिपीठ भनेर कलियुगमा प्रख्यात गराउने, ज्योतिर्लिङ्गको संख्या घटाउने र बढाउने र चेक बनाएर भजाउने जो काम भइरहेको छ त्यसलाई राक्षसी प्रवृत्ति नभनेर अरु के भन्ने ? एकजना संस्कृत विश्वविद्यालयका प्रोफेसरसँग यही गीताको मूर्ति पूजा श्राद्धजस्ता कुरामा आफ्नो समस्या राखे ।

उहाँले के भन्नुभयो भने तपाईँले भन्नुभएको कुरा सत्य हो । त्यसमा कुनै शंका छैन । सत्य, त्रेता, द्वापरमा नभएका कुरा अहिले भइरहेका छन् । तर हाम्रो समाजले परम्पराको नाम दिएर गर्न गराउन वाध्य बनाइएको छ ।

यसको प्रतिकार गर्ने हो भने या त परित्यक्त हुनु पर्दछ या मानसिक विचलन भएको गनिनुपर्ने भएकाले गलत भए पनि सही भन्न नसकिएको हो जस्तो लाग्दछ भनेर भन्नुभयो । सन्तोषी माताको पूजाको प्रारम्भ १८ सालमा बनेको सिनेमाले ख्याती पाएको देखेर कथा पूजा विधि लेखियो र २० सालदेखि पूजा प्रारम्भ भएको कुरा त्यतिबेला वनारस बसेर पढ्ने सबैलाई जानकारी भएको कुरा हो ।

हुन त यसमा उल्लेख भएका कुरा कसैलाई अपाच्य होला । फलानो पुराण र फलानो ग्रन्थमा यस्तो लेखिएको छ भनेर भन्न सकिन्छ । तर एउटा के कुरा बिर्सन हुँदेन भने पुराण होस् या धर्मग्रन्थ जसले लेखेको छ त्यसमा उसले आफ्नो अनुभव र अनुभूति समावेश गरेर लेख्ने भएकाले कुराले मेल नखाएको हो ।

सत्य युगमा शक्तिको अंग पतन भएको कुरा पुराणमा उल्लेख छ । अहिले कलियुग हो लाखौँ वर्ष बितिसक्दासम्म पृथ्वीमा कति उथलपुथल भयो । समुद्र भएको स्थानमा पर्वत बनेको छ । पर्वत बनेको स्थानमा समुद्र बनेको छ । राम-चन्द्रले राज्य गरेको अयोध्या होइन, अन्यत्रै हो । रावणको जन्म नेपालमा भएको हो त्यस कारण उनले राज्य गरेको लंका श्रीलंका होइन ।

यो सिद्ध गर्ने कसैसँग कुनै प्रमाण र आधार छैन जो भएको छ । त्यो आफ्नो स्थानको उत्कृष्टता प्रदर्शन गर्ने प्रयास मात्र हो भन्दा अत्युक्ति नहोला । पुराणैका कुराले मेल खाँदैन शिव पुराणमा जहाँ जहाँ सतिका अंग पतन भएका छन् ती-ती स्थानमा ज्योतिर्लिङ्ग स्थापित भएका छन् भनेर लेखिएको छ । कति पथ स्थानलाई शक्तिपीठ भनिन्छ तर ज्योतिर्लिङ्ग हुँदैन ।

अम्बिकेश्वरी र छिल्लीकोटलाई शक्तिपीठ भनिन्छ तर ज्योतिर्लिङ्ग छैनन् । स्वयम् स्वर्गद्वारी महाप्रभूले दाङको धारापानीमा ज्योतिर्लिङ्ग छ भनेर भनेको सुन्ने अझै धेरै जीवित हुनुहोला । तर यो कुरा कुनै पुराणले उल्लेख गरेको छैन । कुरो र कुलो जता लग्यो उतै जान्छ भनेझैँ लेखकले आफ्नो अनुभव र अनुभुतिलाई मध्यनजर गरेर हेर्ने र लेख्ने भएकाले यस्ता विवादहरु आइरहन्छन् ।