दाङ, १० भदौ । पत्रकार तथा राजमार्ग अनलाइनका सम्पादक दिपक जिएमले कोभिडकाबीचमा मास्क वितरणलाई निरन्तरता दिएका छन् ।
केही दिन अघि घोराही उपमहानगरपालिकाको वडा नम्बर १३ को मौलाकोट र १८ को घरदौराको गाउँमा पुगी स्थानीय नागरिकलाई मास्क सहयोग गरेका पत्रकार जिएमले बुधवार फुटवल खेलाडीहरुलाई मास्क सहयोग गरेका हुन ।
घोराहीको वडा नम्बर १५ मा रहेको मिश्रित युवा क्लवका फुटवल खेलाडीलाई कोरोनाबाट सचेत हुन आग्रह गर्दै उनले मास्क तथा एक थान फुटवल सहयोग गरेका हुन । खेलाडीलाई खेलमैदान मै पुगी जिएमले क्लवका अध्यक्ष श्यामलाल सिंहलाई उक्त सामाग्री सहयोग गरेका हुन ।
खेलाडीलाई उक्त समाग्री सहयोग गरेकोमा क्लवका उपाध्यक्ष माधव खनालले धन्यवाद दिएका थिए । साथै उनले आफुहरु कोरोना संक्रमणबाट जोगिदै थोरै संख्यामा खेलको अभ्यास गर्दै आएको बताएका थिए । पत्रकार जिएमले आफ्नो जन्मोत्सव लगायत विभिन्न समय सहयोग समेत गर्दै आएका छन् ।