दाङ,१० भदौ । दाङका पहाडी तथा विकट बस्तीहरुमा निशुल्क मास्क वितरण अभियान शुरु गरिएको छ ।
चार जना युवाले सामूहिक रुपमा जिल्लाका पहाडी तथा विकट बस्तीमा पुगेर निशुल्क मास्क वितरण गर्ने अभियान थालेका हुन् । कोरोना भाइरसको महामारी समुदायमा फैलिरहेको अवस्थामा सञ्चारकर्मी दीपक जिएम, आभास बुढाथोकी, भरत रोकाय र प्रतिक आचार्यले सामूहिक रुपमा यो अभियान थालेका छन् ।
पहिलो चरण अन्तर्गत घोराही –१८ को घोडदौरा र घोराही–१३ मौलाकोटमा निशुल्क मास्क वितरण गरिएको सञ्चारकर्मी दीपक जिएमले बताएका छन । उनले अभियान अन्तर्गत दाङका अन्य पहाडी तथा विकट बस्तीहरुमा पुगेर निशुल्क रुपमा मास्क वितरण गरिने सुनाए ।
महामारी समुदायमा फैलिरहेको अवस्थामा पहाडी तथा विकट बस्तीहरुमा यसको आवश्यकता देखेपछि मास्क वितरण तथा जनचेतना मुलक अभियान शुरु गरिएको सञ्चारकर्मी जिएम बताए ।