Goraksha

National Daily

व्यावसायिक भैसी पालनमा डाँगी परिवार

देवी भण्डारी
हापुरे, ९ भदौ । पछिल्लो समय ग्रामीण क्षेत्रमा परम्परागत व्यवसायलाई आयआर्जनको मुख्य स्रोत बनाउन थालिएको छ ।

बबई गाउँपालिका–६ का चन्द्रबहादुर डाँगीले परम्परागतरुपमा पालिने पशुपालनलाई व्यावसायिकरुपमा पाल्न शुरु गरेका छन् । डाँगीले व्यावसायिकरुपमा भैसी पालनबाट वार्षिक ६ लाखसम्म आम्दानी गर्ने गरेका छन् । उनले डेरीमा प्रतिलिटर ५५ रुपैयाँका दरले दूध बेच्ने गरेका छन् ।

भैसी पालेर दूध बेच्न केही समस्या भए पनि निराश हुने अवस्था नआएको डाँगीको भनाइ रहेको छ । १० वटा भैसी पालेका डाँगी परिवारले परिवारका सदस्यले मात्र भैसीको रेखदेख गर्ने गरेको विमला डाँगीले बताइन् । भैसी पालनबाट ग्रामीण क्षेत्रमा दूध बेच्न केही समस्या देखिएपछि शान्तिनगरको बागरसम्म दूध बेच्न जाने गरेको डाँगीको भनाइ छ ।

आम्दानीको स्रोतको रुपमा किसानले रोजेको व्यवसायलाई बजारीकरणको समस्या सामाधान गर्न सके व्यवसाय गर्न थप ऊर्जा मिल्ने कृषकहरु बताउँछन् ।