बहुमुखी प्रतिभाकी धनी दिव्यमणि- डा.दादी प्रकाशमणि
ब्रह्माकुमार माधव तिमिल्सेना
यस विशाल रंगमञ्चमा महान् व्यक्तित्वकी धनी वा वात्सल्यकी प्रतिमूर्ति, अनुपम आध्यात्मिक दक्षताकी आधारशीला डा.दादी प्रकाशमणि नारी सशक्तीकरणकी एक मिशाल हुनुहुन्थ्यो । दादीजीले यथा नाम तथा गुण अनुसार एक दिव्य आभाको कार्य गर्नुभयो । शिवशक्ति स्वरूपा महान विभूति प्रकाशमणि दादीजीको जन्म सन् १९२२ (वि.सं १९७९) मा सिन्ध प्रान्तको हैदरावादमा भएको थियो ।
सानै उमेरदेखि नै दिव्य आभाबाट सुशोभित दादीजी सन् १९३६ मा विश्वपिता निराकार परमात्माले यस कलियुगी संसारमा एक साधारण मानव तन दादा लेखराज जसको दिव्य अलौकिक नाम “प्रजापिता ब्रह्मा”राख्नुभयो । उहाँले स्थापना गरेको ॐ मण्डलीमा दादीजीले पनि चौध वर्षकै कलिलो उमेरमा विश्व कल्याणार्थ आफ्नो सम्पूणर् जीवनयस महायात्रामा समर्पण गर्नुभयो ।
चैतन्य दिव्य मणिहरूको मालामा एउटा अद्भुत-अलौकिक-अनमोल दिप्तिमान् प्रकाश हुनुहुन्थ्यो— डा. दादी प्रकाशमणि । स्वयं ॅसत्यम् शिवम् सुन्दरम्’ शिवपिताले नै उहाँको भविष्यको उज्ज्वल कर्तव्यनिष्ठ स्वरूपलाई देखेर लोकोक्तिअनुरूप ॅप्रकाशमणि’ नाम दिनुभयो । स्वयंको अथक परिश्रम र पुरूषार्थको पराकाष्ठाद्वारा दादीजीले परमात्माद्वारा प्रदत्त ॅप्रकाशमणि’को शुभनामलाई सार्थक पार्नुभयो । साँचो अर्थमा आध्यात्मिक ज्ञानको प्रकाश फैलाउनेवाला आत्मिक प्रकाश नै हुनुहुन्थ्यो उहाँ । जीवनभर असंख्य दुःखी र अशान्त आत्माहरूलाई जसलेआत्मिक दीपस्तम्भ बनेर सुख शान्तिको मार्ग देखाउनुभयो उहाँ वास्तवमा भव्य, दिव्य व्यक्तित्वकी धनी ॅन भूतो न भविष्यति’ बहुमुखी प्रतिभा हुनुहन्थ्यो ।
यज्ञ संस्थापक साकार ब्रह्मा बाबाले दादीजीलाई ब्रह्माकुमारी संस्थाको सारा कार्यभार सुम्पिदिनुभयो । त्यसपछि परमपिता शिव अनि पिताश्री ब्रह्माको निर्देशनअनुसार दादीजीले खुब मेहनतका साथ यज्ञलाई अगाडि बढाउनुभयो । सेवाकी प्रतिमूर्ति दादीजीको दिव्यता एउटा विशाल वृक्षसमान थियो जसको शीतल छायामा सबैलाई सन्तुष्टी र खुशी मिल्दथ्यो । दादीजीको सम्पूणर् व्यक्तित्व सागरजस्तो गम्भीरता, शीतलता, शालिनताका साथै उच्च थियो । उहाँको दिल सदा धर्तीजस्तो धैर्यशील थियो ।
विश्वको सबै आत्माप्रति दादीजीको एकदम प्रेम थियो तर लगाव थिएन । यसै कारण पनि उहाँ सबैप्रति समभाव व्यवहार गर्नुहुन्थ्यो । सत्य प्रिया दादीजीले जीवनमा कहिल्यै झुटो बोल्नुभएन । निमित्त भाव, निर्माण भाव र निर्मल वाणीले उहाँको प्रभाव चारैतिर फैलिएको थियो । मरुभूमि जस्तो स्थानमा पनि दादीजीले शीतलता प्रदान गर्नुहुन्थ्यो । दादीजीको नयनमा सधैं आत्मिक भाव हुन्थ्यो । विशाल संस्थाको प्रमुख प्रशासिका हुँदापनि हेडको भान देखिदैनथ्यो ।
जसरी अमावस्याको चन्द्रमा पूणर्िमातर्पm बढ्दै गर्दा एक-एक कलाले बढ्दै जान्छ अनि अन्ततः सम्पूणर्ता प्राप्त गर्दछ साथै त्यसको उज्ज्वल प्रकाशले सबैलाई शीतलता प्रदान गर्दछ त्यस्तै पूणर्िमाको जूनसरह सोह्रकलाले सम्पूणर् दादीजीको जीवनले हामीलाई पनि सम्पूणर् बन्ने प्रेरणा दिन्छ । उहाँको जीवन सबै कलाहरूले सजिएको चैतन्य संग्रहालय थियो ।
उहाँको उपस्थितिमा मानव आत्माहरू पवित्र अनुभूति र सद्गुणसम्पन्न भई अनुप्रेरित हुन सिके । नारीभित्रको नैसर्गिक प्रतिभा, दिव्य-दृष्टि र मन-मस्तिष्कको विशेष गुुणको सहज बृतिको कारण दादीले विश्वका १३० भन्दा बढी देशमा ईश्वरीय सन्देश फैलाउने प्रमुख भूमिका निर्वाह गर्नु भयो । दादीको कुशल नेतृत्वमा ५०००+ समर्पित ब्रह्माकुमारीहरू (शिक्षिका) तयार गर्न सफलता मिल्यो ।
नारीभित्र भएको शक्तिलाई, अध्यात्मद्वारा पुनर्जागृत गरी आध्यात्मिक ज्ञान र राजयोगद्वारा नारी नै शीतला देवी, दुर्गा, सरस्वती एवम् सन्तोषी माँ बन्न सक्छन् भन्ने कुरा देखाउनुभयो । विश्वको कैयौं देशका लाखौं भाइ-बहिनीहरूको जीवनमा अद्भुत परिवर्तन ल्याएर विश्वको सेवामा समर्पित गराउनुभयो । मन-वचन-कर्मबाट सम्पूणर् पवित्रता र जीवनमा नम्रता, सरलता, सत्यता र करुणाको गंगा प्रवाह हुँदै गयो ।
दादीजीको मेधावी प्रशासनको फलस्वरूप ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयलाई संयुक्त राष्ट्रले सूचना विभागमा सदस्यको रूपमा र आर्थिक एवं सामाजिक परिषदमा परामर्शदाता सदस्यको साथै युनेस्को तथा युनिसेफको समेत कार्यकारी सदस्यता प्रदान गर्यो । ब्रह्माकुमारीज संस्थाले अन्तर्राष्ट्रियस्तरका गरेको रचनात्मक र सार्थक कार्यक्रमका साथै विश्व शान्तिको क्षेत्रमा खेलेको उल्लेखनिय योगदानको उच्च सम्मानस्वरूप संयुक्त राष्ट्रसंघले सन १९८७ (वि.सं २०४३) सालमा शान्तिपदक एवं शान्तिदूतको उपाधी दियो भने पाँच अन्य राष्ट्रिय पुरस्कारबाट समेत यो संस्था विभूषित भयो ।
दादीजीले संयुक्त राष्ट्रसंघका अनेक कार्यक्रमहरूलाई प्रस्तावित रूपमा चरितार्थ गर्नुभयो । जस्तै : अन्तर्राष्ट्रिय शान्ति वर्षमा मिलियन मिनेष्टस् अफ पीस अपिल, अन्तर्राष्ट्रिय युवा वर्षमा युवा उत्सवहरू एवं युवा पद-यात्रा आयोजन, अन्तर्राष्ट्रिय महिला वर्षमा महिला जागरण अभियान र सम्मेलन साथै अन्तर्राष्ट्रिय साक्षरता वर्षमा विभिन्न साक्षरता अभियान कार्यक्रमले विश्व धरातलमा नवीन प्रभाव एवं जनमानसमा नयाँ चेतना जागृत भयो ।
दादीजीले विभिन्न जाति, वर्ग, रंगभेदको अन्त्य र धार्मिक सद्भाव एवं एकताका लागि क्रियाशील रहँदै मानवमा विश्व-वन्धुत्वको भाव उजागर गर्नुभयो । भारतका अनेक राज्यपालहरूले दादीलाई राजकीय अतिथि एवं सम्मान प्रदान गर्नुभएको थियो भने विभिन्न देश विदेशका नगरप्रमुखहरूले दादीजीलाई सिटी मेंडल प्रदान गरियो । शिकागोमा भएको विश्व धर्म संसद शताव्दी सम्मेलनमा उहाँलाई मनोनित अध्यक्षको रूपमा आमन्त्रित गरिएको थियो ।
आध्यात्मिक एवं मूल्य शिक्षामा अतुलनिय भूमिका कारण मोहनलाल सुखाडिंया विश्वविद्यालय, उदयपुरले दादीलाई मानार्थ विद्यावारिधिको उपाधि दियो । दादीको कार्यकालमा राजयोग शिक्षा एवं शोध संस्थानका स्थापना भयो । जसअन्तर्गत हाल २० वटा विभागहरु सञ्चालित छन्, जहाँ अध्यात्मकको समन्वय र शोध अन्वेषणहरु हुन्छ जसले अनेकौं वर्ग पेशा व्यवसायलाई अध्यात्मसँग जोड्ने पुलको कार्य गरिरहेका छन् ।
चरित्रवान, जागरूक एवं नैतिक बलले सम्पन्न युवा समाज बनाउने अभियानको शुभारम्भ छात्रावासको स्थापना, अक्सफोर्डमा सद्भाव सम्वद्र्धनका लागि वैश्विक सदन त्यसैगरी न्युयोर्क, शिकागो र सिड्नीमा अखिल विश्व विश्रान्ति केन्द्र खोल्ने कार्यमा दादीजीको पहल र नेतृत्व हो ।
सच्चा आदर्श नेता न अघि हिँड्छ न पछि, ऊ त सबैलाई साथ लिएर अघि बढ्दछ’ यही मन्त्र अनुरूप दादीजीले सबै आदिरत्न दादीहरू, भाइहरूको साथसाथ समवयस्क तथा आपूmभन्दा सानालाई साथ लिएर यज्ञको उन्नतिको लागि नेतृत्व गर्नुभयो । आफ्नो आदर्श आचरणद्वारा आदर्श प्रस्तुत गर्नुभयो । यतिमात्र होइन जगत्मा पनि अनेक धर्म नेता-विज्ञान नेता-राजनेताहरूलाई मार्गदर्शन समेत गर्नुभयो ।
एकपटक उहाँको कुशल प्रशासनको रजत जयन्तीको उपलक्ष्यमा, महामण्डलेश्वर वा सन्तहरूले दादीजीको सम्मान गरे । त्यस समयमा खुल्ला सभामा साधु-सन्तलाई सम्बोधन गर्दै भन्नुभयो- “दादीजीले जिन्दगीमा कहिल्यै पनि झुटो बोल्नुभएन ।” यो थियो उहाँको वाणीको सत्यवादिता । दादीजीको सत्यप्रति गहिरो निष्ठा थियो, त्यसै कारण उहाँ महानताको शिखरमा पुग्नुभयो । आफ्नो शान्तिसम्पन्न निर्विघ्न व्यवस्थापनको लागि ब्रह्माकुमारी ईश्वरीय विद्यालय विश्व प्रसिद्ध छ । यसको श्रेय दादीजीलाई नै जान्छ । हरेकलाई दिलको स्नेह दिएर, आफ्नोपनको भावनाले भरेर व्यवस्थापन गर्नमा दादीजी खप्पिस हुनुहुन्थ्यो ।
दादीजीको दिल सागरसमान थियो । उहाँको ह्दयमा दया-करुणा-क्षमा यी त्रय दिव्यगुणको त्रिवेणी बगिरहन्थ्यो । उहाँसामु जतिसुकै ठूलो गल्ती गर्नेवाला आओस्, उहाँ उसको परिवर्तन एवं आत्मा कल्याणको लागि शिक्षा दिनुहुन्थ्यो । कुनै पाप कर्म गर्नेलाई घृणा गर्नुहुन्नथ्यो । बरु उसलाई सावधानी दिएपछि उसको गल्तीलाई तुरुन्त भुलाइदिनुहुन्थ्यो । दोस्रोपटक ऊसँग भेट्दा यसरी प्रेमपूर्वक मिल्नुहुन्थ्यो जस्तो कि केही भएकै छैन ।
दादीजीको मन्द-मन्द मुस्कुराएको चेहरा निर्मल प्रेमको दर्पण थियो । उहाँका चम्किएका निर्मल नयनद्वारा निश्छल स्नेहको वर्षा हुन्थ्यो । उहाँको आफ्नो वरदानी हातले सारा विश्वलाई स्नेहको धागोमा बाँध्नुहुन्थ्यो । उहाँको चेहराको प्रसन्न, निर्मल, निःस्वार्थ स्नेहको मुस्कानलाई देखेर पलभरमा जुनसुकै व्यक्ति पनि आफ्नो देहभानलाई भुलेर उहाँको बन्नपुग्थ्यो ।
एकपटक भेटेपछि उहाँलाई बारम्बार भेटौंजस्तो लाग्थ्यो सबैलाई । दादीजीमा विश्व माता वा माँको वात्सल्यमय ममताको झलक हरदम देखिन्थ्यो । हरेकलाई ब्रह्मा बाबासमान स्थूल वा सूक्ष्म पालना दिनका लागि तत्पर रहनुहुन्थ्यो ।
अति व्यस्त हुँदा-हुँदै पनि चाहे मधुवन निवासी होस् वा अन्य कोही बिमारी छ भने ऊसँग हालचाल सोध्न उसैका कोठासम्म पुग्नुहुन्थ्यो । उसलाई चाहिने औषधी, फल, तथा भोजनको उचित व्यवस्था गर्र्नुहुन्थ्यो । मधुवनमा जतिसुकै ठूलो सम्मेलन होस्, उनीहरूको खाने, पिउने, सुत्ने, बस्ने व्यवस्थाको स्वयं निरीक्षण गरेर उचित प्रबन्ध गराउनुहुन्थ्यो ।
ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयको यति विशाल कारोबार तपाईं कसरी सम्हाल्नुहुन्छ ? यस प्रश्नको उत्तर उहाँ बडो सरल तरिकाले दिनुहुन्छ- पहिले कार्य गर्नेवालामा विश्वास राख्दछु, उसलाई कार्य गर्ने पूणर् स्वतन्त्रता दिन्छु र उसलाई जिम्मेवारी पूरा गर्नमा हर प्रकारले सहयोग दिन्छु, जसद्वारा कार्य गर्नेवाला स्नेहमा अर्पण भएर जिम्मेवारी पूणर् गर्दछ, कहिल्यै विश्वासघात गर्दैन । जसद्वारा किनमेलको काम होस् वा डिपार्टमेन्टको कारोबार होस् उसले विश्वासपात्र बनेर गर्दछ ।
दादीजीको व्यक्तित्व उमंग उत्साहको बग्दो झर्ना नै थियो । हरेक दिनको गतिविधिमा नवीनता भरेर साधारण दिवसलाई पनि उत्सवको रूप कसरी दिने यो कुरा त जुन दादीजीहरूलाई सोधे पनि हुन्छ । हर पर्वलाई नयाँ र अलौकिक तरिकाले मनाउनुहुन्थ्यो । समय-समयमा सांस्कृतिक कार्यक्रमहरूको आयोजनाद्वारा मनलाईमनोरञ्जन गरी जीवनको पूणर् आनन्द लुट्ने र लुटाउने यो उहाँको रमणिकताले भरिएको आनन्द सृजना गर्ने, सदा उमंग उत्साहमा राख्ने संस्कार थियो ।
सम्मान देऊ र सम्मान लेऊ’ यो दादीजीको जीवनको कर्ममा उतारेको वाक्य थियो । सानो होस् वा ठूलो, पढेको होस् वा अनपढ, धनी होस् वा गरिब, सबैलाई उहाँ समान रूपले माननीय आत्मा मानेर सम्मान दिनुहुन्थ्यो । हर आत्मा सम्मानको अधिकारी छ, यही उहाँको दृढ धारणा थियो । प्राप्त भएको तन-मन-धनलाई ईश्वरीय ज्ञान यज्ञमा सफल गर, सबैलाई यो प्रेरणा दिनुहुन्थ्यो ।
कुमारहरूको प्रिय कुमारका दादी कुमारहरूलाई तन यज्ञ सेवामा लगाएर सफल गर्ने उमंग भर्नुहुन्थ्यो । गृहस्थीहरूलाई धन वा गरिबलाई सुदामाको मुट्ठीभरि चामल दिएर महल लिने प्रोत्साहन गर्नुहुन्थ्यो । जोसँग धन र तन हुँदैन, उनीहरूलाई मनसा सेवाको महामन्त्र दिएर उनीहरूको पनि मनोबल बढाउनुहुन्थ्यो । सफल गरेर सफलतामूर्त बन्ने बरदान दिनुहुन्थ्यो ।
चाहे बच्चा होस्, चाहे युवा, चाहे वृद्ध सबैको दिलमा प्रेम एवं शुभभावनाको माध्यमले अटल एवं अखण्डरूपमा राज गर्नुभएको थियो । चाहे वकिल होस्, चाहे न्यायाधीश होस्, चाहे सन्त, महन्त राष्ट्रपति सबैले भन्ने गर्दथे दादी प्रकाशमणिजीले आफ्नो बुद्धिमत्ता निष्ठा र आध्यात्मिक शक्तिबाट सारा विश्वमा प्रकाश फैलाउनुभएको छ । दादीजी स्थूल कर्मणा सेवामा खट्नुहुन्थ्यो भने शुद्ध, स्नेह, उदारता, निष्ठा एवं सद्भावको एक जीवन्त उदाहरण हुनुहुन्थ्यो ।
यसरी दादीजीका जीवन चरित्रका गाथा जति गाए पनि कमै हुन्छन् । प्रकाशमणि दादीजी सारा जगत्कै एक अलौकिक माँ हुनुहुन्छ जसको स्नेह भरी दृष्टि र सद्गुणहरूलाई कसैले भुल्नसक्दैन । यसरी आफ्नो जीवनको ७१ वर्ष लामो समय साधनामा र ३८ वर्ष कुशल नेतृत्वकालमा बिताउने अलौकिक व्यक्तित्वकी धनी दादीजीले २५ अगस्त २००७ मा आफ्नो भौतिक देह त्याग गरी अव्यक्त बन्नुभयो ।
दादीजीले जीवनकालमा हरेकलाई हिम्मतवान बनाउन उमंग र उत्साह पनि भरिदिनुभयो । साथमा दयावान्, उदार दिल र विशाल दिलबाट सबैलाई स्नेह र सहयोग दिनुभयो र आफ्नो स्वास, संकल्प र जीवन विश्व-कल्याण र सेवाको कार्यमा सफल गर्नुभयो । यसरी नै हामी पनि दादीजीको दिव्य जीवनबाट प्रेरणा लिएर उहाँको शिक्षालाई स्मरण गर्दै आफ्नो जीवनलाई श्रेष्ठ र महान् बनाउनु छ । हाम्रो सेवाको संकल्प नै वास्तवमा दादीजी प्रति सच्चा श्रद्धाञ्जली हुनेछ । ॐ शान्ति ।
लेखक डिभिजन वन कार्यालय,दाङ्गका अधिकृत एवं एक आध्यात्मिक अभियन्ता/बह्माकुमारीज घोराहीका प्रवक्ता हुन् ।
