Goraksha

National Daily

अट्वारीको शुभकामना

नेपालमा रहेका जनजातिहरुमध्ये मध्य तथा सुदूरपश्चिममा अत्यधिक वाहुल्यता रहेको थारु समुदायको अट्वारी पर्व आज धुमधामका साथ मनाइँदै छ । थारु समुदाय निरंकुशता विरोधी आन्दोलनमा रहिरहेको अवस्थामा परापूर्वकालदेखि नै असत्यमाथि सत्यको विजय भएको भन्दै यो समुदायले जन्माष्टमि र कुशेऔंसीको सेरोफेरोमा रहेर अट्वारी पर्व मनाउँदै छन् ।

स्पष्ट धर्मग्रन्थ र पौराणिक कथन नभएका कारण यस अघिका वर्षमा कुन आइतवार अट्वारी मनाउने भन्ने सन्दर्भमा थारुहरुबीच एकता नभएकै कारण कहिले कुन आइतवार त कहिले कुन आइतवार अट्वारी पर्व मनाइँदै आएको थियो । तर मुलुक संघीयतामा प्रवेश गरिसकेको अवस्थामा मध्य तथा सुदूरपश्चिमका सबै थारु समुदायहरुले आज अट्वारी पर्व मनाउँदै छन् । यो एउटा सुखद् पक्ष पनि हो । किनकि थारु समुदाय संस्कृतिका गहना हुन् । थारु संस्कृति एउटा आधुनिक विज्ञानमा आधारित पनि हो, त्यसैले यो पर्वलाई सबैले सम्मान गर्नु आवश्यक छ ।

प्रागऐतिहासिक कथन तथा थारु अगुवाकै भनाइमा दाङ जिल्लामा परापूर्वकालमा दानवको राज्य थियो । दानवलाई परास्त गर्नका लागि पञ्च पाण्डव मध्येका शक्तिशाली पुरुष भीम व्रत बसे । त्यही व्रतले शक्ति दिएका कारण उनले दानवलाई मार्न सफल भए अनि दाङको समृद्धिको ढोका खुलेको हो । त्यसपछि थारु समुदायले निश्चिन्त भएर यो अट्वारी पर्व मनाउँदै आएका छन् । किनकि थारु समुदाय एउटा संस्कृतिको गहना पनि हो । एउटा परापूर्वकालका इञ्जिनियरिङ पनि हो अनि विभिन्न रोगको रोग प्रतिरोधात्मक क्षमताको समुदाय पनि हो ।

किनकि कुन बेला कुन अन्न खानेदेखि कुन रोगबाट बच्न कुन जडिबुटी खानेदेखिको स्वास्थ्य विज्ञानलाई पनि हामी सबैले सम्मान गर्न आवश्यक छ । हो, पर्वहरुका आ-आफ्नै महत्व हुन्छन् तर यो पर्वको भिन्नै महत्व छ । किनकि असत्यमाथि सत्यको विजय होस् भन्ने हो । त्यसमा जातीय भोद्भावको कुरा उठाउन उपयुक्त हुने छैन ।

थारुसमुदायले मागेको भनेकै आफ्नो अधिकारको सदुपयोग हो । रोजीरोटीको दायित्व सरकारले निर्वाह गरोस् भन्ने मात्रै हो । तर पनि एउटा इतिहास बोकेको थारु समुदायको इञ्जिनियरिङ, थारु समुदायको मेडिसिन र थारु समुदायको संघीयतालाई राज्यले सम्बोधन गर्न सकेको छैन । किनकि यहाँ सत्य बोल्नेलाई तिरस्कार गर्ने चलन पनि कहीँकतै रहेको छ । यद्यपि अट्वारीले सत्यलाई विजयी गराउने छ । थारु समुदायको महान चाड अट्वारीको शुभकामना ।