चौथो रोल्पा खुल्ला सिनियर महिला भर्चुअल तेक्वान्दो प्रतियोगिता हुने
दाङ,६ भदौ । रोल्पा आईटिएफ तेक्वान्दो संघको आयोजनामा चौथो रोल्पा खुल्ला सिनियर महिला भर्चुअल तेक्वान्दो आईटिएफ प्याट्रन राष्ट्रिय च्याम्पियनसिप–२०७७ हुने भएको छ ।
कोरोना भाइरस माहामारीको समयमा भर्चुअल च्याम्पियनसिपको अवधारणाले खेलाडीहरुलाई थप आत्मविश्वास बढाउनुको साथै खेलक्षेत्रको बिकासमा मद्धत पु¥याउने उद्देश्यले प्रतियोगिताको आयोजना गर्न थालिएको हो ।
कोरोना भाईरसको माहामारी बढिरहेको अवस्थामा खेलाडीहरुलाई घरबाटै पनि आत्म तयारी गरि खेल कौशललाई अगाडि बढाउने अबसर र खेलाडीहरुलाई थप क्रियाशील बनाउने उद्दश्य स्वरुप भर्चुअल च्याम्पियनसिप आयोजना गर्न लागेको रोल्पा आईटिएफ तेक्वान्दो संघका अध्यक्ष तथा कार्यक्रम संयोजक बिक्रम बाठामगरले जानकारी दिएका छन् ।
च्याम्पियनसिप प्रतियोगितामा प्रथम हुनेले ७ हजार, दोस्रो हुनेले ५ हजार र तेस्रो स्थान लिनेले ३ हजार नगतसहित प्रमाणपत्र प्राप्त गर्नेछन । पुरस्कारको सम्पूर्ण प्रायोजन परिवर्तन गाउँपालिका–२ राङ्सी भल्तुङ निवासी रोल्पा आईटीएफ तेक्वान्दो संघका सल्लाहकार एव जनजागरण युवा समाज भल्तुङका कोच समेत रहेका रोशन केसीले गर्नेभएका छन् । उनले आफ्नो जन्मदिनको अबसरमा कार्य प्रायोजन गरेको रोेल्पा आईटीएफ संघले जनाएको छ ।
प्रतियोगितामा तेक्वान्दो (आईटिएफ) का कालो पेटी, प्रथम डानदेखि कालो पेटी तेस्रो डान समूह महिला खेलाहीहरुले सहभागी जनाउन पाउनेछन् । खेलाडीहरुले क्वाङ गे(]-kwang-gae_ ) तुल प्याट्रनको भिडियो रोल्पा आईटिएफ तेक्वान्दो संघलाई असोज ५ गतेभित्र पठाउनुपर्ने आयोजकले जानकारी दिएको छ ।
उक्त प्रतियोगिताको नतिजा प्रकाशन असोज १० गते भएको छ । खेलाडीहरुले पठाएको भिडियो नेपाल अन्तर्राष्ट्रि«य तेक्वान्दो महासंघका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रेफ्रिहरुले भिडियो कन्फेरेन्स मिटिङमार्फत प्रतियोगिहरुको भिडियो मुल्याङकनका आधारमा महासंघ र जिल्ला संघको सहकार्यमा नतिजा प्रकाशन गर्नेछ ।
