दुर्गम वस्तीमा मास्क वितरण
दाङ,६ भदौ । सञ्चारकर्मी दीपक जिएमले घोराही उपमहानगरोको पहाडी भेगका वस्तीहरुमा निशुल्क मास्क वितरण गरेका छन् ।
रोना भाइरसको संक्रमण बढिरहेको अवस्थामा सञ्चारकर्मी जिएमले शनिवार घोराही उपमहानगरपालिका–१८ स्थित घोडदौरामा पुगेर निशुल्क मास्क वितरण गरेका हुन् । शहरी क्षेत्रमा सजिल्लै उपलब्ध भए पनि ग्रामिण क्षेत्रमा मास्क नपाइने भन्दै समुदायमा पुगेर मास्क बाडेका हुन् । पहाडी भेगमा मास्कको प्रयोगबारे मानिसहरु जनचेतनाको कमी भएकाले पनि मास्क बाडेका उनले बताए ।
राजमार्ग अनलाइनका सम्पादक समेत रहेका जिएमले महामारी फैलिरहेको अवस्थामा स्वास्थ्य सुरक्षा हरेक क्षेत्र र समुदायमा मानिसहरुलाई माक्स वितरण गरेको बताए । उनले आगामी दिनमा उपमहानगरका पहाडी वस्तीहरुमा पुनः मास्क वितरण गर्ने बताए ।
