कोरोना संक्रमितको संख्या ३१ हजार बढी
दाङ,६ भदौ । नेपालमा कोरोना संक्रमितको संख्या ३१ हजार पुगेको छ । पछिल्लो २४ घण्टामा ६ सय ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि नेपालमा कोरोना संक्रमितको संख्या ३१ हजार १ सय १७ जना पुगेको हो ।
देशभरका प्रयोगशालामा १२ हजार ५ सय १९ स्वाब परीक्षण गर्दा ६ सय ३४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन । प्रवक्ता गौतमका अनुसार जसमा काठमाडौंका १६०, ललितपुरमा ६, भक्तपुरका ५०, पर्साका ५९ जना, मोरङका ५२, सिराहाका ३५, मकवानपुरका ३२, सुनसरीका ३१, बाँकेका २८, चितवनका २७, रुपन्देहीका २३, झापाका १७, कास्कीका १६, कपिलवस्तुका १५, कैलालीका १४ र बाराका १० जना रहेका छन् ।
त्यसैगरी बर्दियाका ७, सल्यानका ६, दोलखाका ४, भोजपुर, धनुषा, रौतहट, सप्तरी, काभ्रे, नवलपुर र नवलपरासीका ३÷३ जना, धादिङ, नुवाकोट, तनहुँ, जुम्ला र सुर्खेतका २÷२ तथा इलाम, संखुवासभा, महोत्तरी, सर्लाही, सिन्धुली, बाग्लुङ, स्याङ्जा, पाल्पा, प्युठान, रोल्पा, डडेलधुरा र डोटीका १÷१ जनामा संक्रमण देखिएको छ ।
हालसम्म कोरोनो संक्रमणबाट नेपालमा १ सय ४६ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट नौ जनाको मृत्यु भएको छ । हालसम्म १८ हजार ३ सय ५० जना निको भएर अस्पतालबाट घर फर्किएका छन् भने १२ हजार ६ सय २१ संक्रिय संक्रमित उपचाररत रहेका छन् । उनीहरुमध्ये ८ हजार ७०५ संस्थागत र अरु होम आइसोलेसनमा छन् ।
