Goraksha

National Daily

राधाकृष्ण टोल विकास संस्थाको अध्यक्षमा दंगाल

दाङ, ६ भदौ । घोराही उपमहानगरपालिका वडा नं १४÷१५ स्थीत राधाकृष्ण टोल विकास सस्ंथाको अध्यक्षमा गणेश दंगाल चयन भएका छन् ।

संस्थाको शनिवार भएको साधारणसभा तथा अधिबेशनले दंगालको अध्यक्षमा नयाँ कार्य समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा गौरीशंकर श्रेष्ठ, सचिवमा प्रदिप पोख्रेल, सहसचिवमा राजेन्द्र श्रेष्ठ, कोषाध्यक्षमा मिरा राजभण्डारी रहेका छन् ।

समितिका अन्य सदस्यमा ढुण्डीराज वुढाथोकी, लियाकत अलि, कपिल वर्मा, रमेश राजभण्डारी, गणेश चौधरी, साधना गिरी रहेका छन् । सभाले ओमभक्त वुढाथोकी, बसन्त जोसी, प्रकाश केसीलाई संस्थाको सलाहाकारमा चयन गरेको छ ।

सभाले साइमन्दिर टोल विकास संस्थाबाट आएको नालाको पानी बावा होटेल अगाडिको चोकमा अवरुद्ध भइ पानी बाटोवाट गएर वाटो अवरुद्ध भएकाले तत्काल मर्मतका लागि घोराही उपमहानगरपालिकालाई अनुरोध गरेकोे छ ।

टोल विकास संस्थामा रहेका विच सडकमा रहेका विद्युतपोलहरु सार्ने विद्युत प्राधिकरणलाई अनुरोध गर्ने निर्णय गरिएको छ ।