Goraksha

National Daily

दाङ जिल्लाका आदिवासी

युवराज शर्मा

नेपालका ७७ जिल्लाहरु नेपालको संविधान २०७२ ले बनायो । संघीय लोकतान्त्रिक गणतन्त्रको उपलब्धि मान्छन् । त्यसमध्ये दाङ देउखुरी उपत्यका भएको जिल्ला पनि एउटा जिल्ला हो । जहाँ १० प्रकारका पालिकाहरु छन् । जसमा दुई उपमहानगरपालिका एक नगरपालिका र सात पालिकाहरु गाउँ स्तरका छन् ।

दाङको कूल क्षेत्रफल २९५५ वर्गकिलोमिटर छ । यसको भौगोलिक बनावट विचित्र अवस्थाको छ । महाभारत पर्वत, चुरे पहाड, समथर भूभाग र पहाडी भूभागहरु पर्छन् । खोलनालाहरुमा दाङमा पर्ने बालिम, सिस्ने, कटुवा, गुहार, सेवार, सक्राम, पातु, बौलाहाजस्ता ठूला र साना खोलाहरु छन् । त्यस्तै देउखुरी क्षेत्रमा अर्जुन, घोसखोला, मुसोट र गंगदीजस्ता खेलाहरु छन् भने गुरुङ, जबुन, कोइलाबासजस्तो खोलाहरु पनि छन् ।

यी सबै खोलाहरु वर्षा याममा बग्छन् भने हिउँदमा कहीँकतै पानी बग्छ र कतै सूक्छ पनि । बबई दाङको ठलो नदी हो र राप्ती देउखुरीको ठूलो नदी हो । दाङ र देउखुरी उपत्यकालाई छुट्टाउने चुरे पहाड हो । तापनि दुई उपत्यकाको जिल्ला दाङ हो । यस जिल्लाको सदरमुकाम दाङको घोराही हो । दुवै प्रकारका उपत्यकाहरु कृषि उपजका लागि महत्वपूणर् छन् । परापूर्वकालमा दुवै उपत्यकाहरु घनघोर जंगल थियो । जहाँ हिंश्रक पशुहरु थिए । यसलाई ऊर्वर भुमि बनाउने र कृषि उपजहरु गर्ने किसान थारु जातिहरु नै हुन् ।

उनीहरु पिरन्ते जीवनमा आएर बसेको इतिहास छ । त्यसैले थारु जातिलाई भूमिपुत्र भन्छन् । यो परापूर्वमा सरल थियो । अहिले पनि कृषिमा निर्भर भएकाहरु सरल छन् । २००७ सालको राणा विरोधी आन्दोलनले यो जातिका अगुवाहरुले जमिन्दार विरोधी बनाएको पाइन्छ । त्यसपछि हुनेखाने थारुहरुले आफूलाई चौधरी र गरीखाने थारुले आफूहरुलाई थारु भन्थे ।

गरिखाने थारुहरु हुनेखानेवर्गबाट सताइएपछि बर्दिया, कैलाली र कञ्चनपुर जिल्लातर्फ बसाइसराई गर्न लागे । बर्दियालार्य बुह्रान भन्थे भने कैलाली र कञ्चनपुरलाई अगला बुह्रान भन्थे । दाङ छोड्ने थारुहरुको चलन २०१६ सालदेखि भएको हो । यी बुह्रनहरु जंगल थिए । वस्ती बसाउने पनि थारुहरु नै हुन् । कतिपय थारुहरु बुह्रानबाट फर्कोका र दाङलाई उर्वर बनाएका उदाहरण पनि छन् ।

दाङका प्रतिष्ठित व्यक्ति एकराज शर्मा बर्गद्दी दाङ हाल कोलही लमही नगरपालिका निवासीले ‘मेरो अतीत’ पुस्तकको पृष्ठ ३ मा लेख्नुभएको छ – ‘दाङमा तत्कालीन ठूलाबडा सामन्तहरुमा मुखिया मजगैयाँ, गोतामे, धिताल, आचार्य परिवारहरु थिए । यिनीहरुबीच ठूलो बन्ने देखिने व्यक्त अव्यक्त प्रतिस्पर्धा हुने गर्दथ्यो भने नजिक नजिकका सामन्तहरुका बीच छुट्टै स्वस्थ अवस्वस्थ प्रतिस्पर्धा हुने गर्दथ्यो ।

मुखिया, पट्वारी बीचका प्रतिस्पर्धा सबैले देखिने गरी सुरुमा देखिए । यसबाट स्पष्ट हुन्छ कि जिम्दारहरुबीचको अन्तरकलह हुँदा त्यसको सिकार थारुहरु भए । थारुहरुले दाङ छोडेर बुह्रन जान लागेका हुन् । त्यसको उदाहरण गैरागाउँकाण्ड, बेलुवा बञ्जारकाण्ड, भोजपुर काण्ड र कोठवा काण्ड चर्चित छन् ।

नेपालमा भूमिसुधार योजना २०२० सालमा लागू भएपछि जमिन्दार र थारुहरुबचिमा वर्गसंघर्ष सुरु भयो । उनीहरुप्रति मानवीय व्यवहार कटुतापूणर् भयो । त्यस समयमा दाङ छोडेर बुह्रन र अगला बुह्रान गए । भूमिसुधारबाट जग्गाहरु पाए । बर्दियामा धेरै जग्गा जिम्दारहरुमध्ये हरिहर शर्माको थियो । उनको जमिनमा बस्नेहरु धेरैजना दाङबाट बसाई सरी गएका थिए । उनीहरुका नाममा जग्गा दर्ता भयो ।

पोखराका भूमिसुधार अधिकारी थिए । उनले पोखरा, स्याङ्जा, गुल्मी, अर्घाखाँची, पर्वत, म्याग्दी, बाग्लुङका मानिसहरु झिकाई बस्ती बसालेका थिए । उनीहरुका सन्तानहरु यद्यपि ती जग्गाहरुमा छन् । थारु जातिहरुमा धेरै थर, घरका छन् । जसमा राजर्वशि, गच्छेदार, सिंह थारु, कठरिया, डङौरा, भूमिहार, दहित, औरी जसता थरघरहरु छन् । यिनीहरुको मुख्य व्यक्तिलाई बडघर, महटावाँ चौधरी भन्छन् । राजनीतिक धारमा यिनीहरु अगाडि छन् ।

हुन त थारु लेख्दा आफूलाई सानो ठान्नेहरुले चौधरी लेख्छन् । तर यस्ता थर लेख्ने थारुहरुले बाहुन क्षत्रीप्रति घृणा गर्छन् । मधेशी र पहाडी थरघरलाई राम्रो ठान्छन् । अहिलेको अन्तरजातीय विवाहका कारण बाहुनले थरुनी विवाह गरेमा वमना थारु, क्षत्रीले थरुनी विवाह गरेमा छतरा थारु र मगरले थरुनी विवाह गरेमा मगरेवाथारु भन्छन् । नेपालको तराई भू-भागमा धेरैजसो राणाथारुहरु आए । उनीहरु देखुरी उपत्यकामा छन् । उनीहरु भारतबाट आएका हुन् । खेती किसानीमा निर्भर छन् ।

वर्तमान समयमा खेतीपातीमा रमाउने जाति थारुहरु हुन् । उनीहरुले खेतीपाती समयमा खेती गर्छन् र फुर्सदको समयमा रोजगार गर्न भारतीय भूमिमा जान्छन् । यो उनीहरुको वाध्यता र कामकर्तव्य हो । घरपरिवार बढ्दै गएपछि खाद्य समस्या टार्नका लागि दाङमा काम पाउँदैनन् । सरकारले पनि यस्ता किसानहरुलाई रोजगारको वातावरण बनाउने सकेको छैन ।

कतै काम पाए पनि पैसा ठग्ने, मजदुरी नदिने चलन धेरै छ । स्थानीय सरकाले ठग्ने ठेकेदारहरुलाई कारवाही गर्न सक्दैन । यहाँ शक्तिको वाहुल्यता छ । त्यसकारण दाङमा रोजगार गर्न धेरै मजदुरहरु इच्छुक हुन्नन्, काम गर्दैनन् पनि ।

सत्तामा पुगेर तलव र भत्तामा रमाउनेहरु थारु जातिका व्यक्तिले चौधरी लैख्नेहरु छन् । उनीहरुले थारु किसानहरुको भलो चिताएको देखिन्न । खेतीपाती गरेर जीवन धान्नेहरुलाई सरकारी राहत छैन भने किसानहरुलाई मल, वीऊ, ओखती, हलोजुवा, कृषि उपकरणहरु पैसा तिरेर भए पनि समयमा उपलब्ध गराउनसकेको सरकारी अवस्था छैन ।

सरकारी सेवाको अनुभूति किसानहरुलाई भएन । यस वर्षको बजेटमा कृषि विकासका लागि धेरै रकम छुट्याएको छ । तर त्यस्तो रकम खेती गर्ने किसानहरुलाई छैन । कागजी किसानहरुलाई अर्बौं रकम बाँड्ने कामका लागि देखिन्छ । त्यो पनि आफ्नै भान्जाभान्जी, कार्यकर्ता, स्वास्नी, छोरी, बहिनी, ज्वाईँहरुलाई हो भन्छन्, किसानहरुले ।

त्यसकारण दाङका दलहरुका नेताहरु लोकप्रिय बन्न सकेनन् । त्यसमा थारु जातिका नेताहरुमा पनि थारु किसानहरुप्रति दया भावना देखिएन । उनीहरुले आफूलाई पद र मानले सम्पन्न ठान्छन् ।

अहिले दाङका नेताहरुमा जनताको सामाजिक भावना र सतव्यवहार प्रभावित थियो । कार्यशैली पनि राम्रो थियो तर वर्तमान समयमा नेताहरु स्वार्थी भए । अवसरको फाइदाहरु उठाउने भए तर सेवा भावना भएन । त्यसैले धन र शक्तिको वाहुल्यता दाङमा बढ्दै गयो । कोभिड-१९ को ज्ञान उनीहरुमा भएन । किसानहरु रोग र भोकले सताइएका छन् । उनीहरु हिलो, धुलो, गर्मी र ठण्डीको मौसमले पीडित छन् । त्यसमा पनि प्राकृतिक प्रकोपले सताइएका छन् ।

बस्ने वास र खाने गास बाढी र पहिरोले पीडित बनायो । अर्कोतर्फ कोरोना भाइरस गाउँघरमा पुग्न लाग्यो । यो रोगको ज्ञान छैन । साथै चेतना पनि छैन । बच्ने उपाय पनि थाहा छैन । शिक्षा र स्वास्थ्यमा धेरै पछौटेपन गाउँघरमा छ । कोरोना भाइरसका लक्षणहरु जानेका छैनन् । आदिवासी थारुहरुलाई चौधरीहरुले ज्ञान गराउन चाहेनन्, दाङमा आदिवासी थारुहरुको जीवन स्तर उठाउन सरकारी प्रयास पनि हुन सकेको अवस्था छैन ।