हरितालिका तीज र यसको महत्व
राजेन्द्र दाहाल
भाद्र महिनाको शुल्क पक्षको तृतीया तिथिका दिन मनाइने पर्वलाई तीज भनिन्छ । तीजको त्यो दिनमा हामीले अनुष्ठान गर्यौ भने सम्पूणर् पापहरु नष्ट हुन्छ भन्ने भनाइ रहेको छ । यस दिनमा नारीहरुलाई सम्मान गरिने दिन हो । जहाँ नारीहरुलाई सम्मान गरिएन भने त्यो घरमा लक्ष्मीको बास हुँदैन । त्यो घर नरकसरह हुन्छ र त्यस दिन नारीहरु स्वतन्त्र हुन्छन्, नारीहरुलाई सम्मान गरिनुपर्ने कुरा धार्मिक प्रचलन रहेको छ ।
तीज पर्व कहिलेबाट सुरु भयो
तीज धार्मिक परम्पराअनुसार पौराणिककालबाट सुरु भएको मानिन्छ । जहाँ हिमालयपुत्री पार्वतीको विवाह विष्णु भगवान्सँग गरिदिने कुरा चल्छ त्यसपछि पार्वतीले आप्mना सखीहरुलाई आप्mनो विवाह विष्णु भगवान्सँग गरिदिन लाग्नुभएको खबर बताउँछिन् ।
त्यसपश्चात ती सखीहरुले भन्न थाल्छन् ‘पार्वती तिमी त महादेवलाई वर पाउँ भनि ब्रत बसेकी छौ, अब के गछ्र्यौ त ?’ भनी सबै सखी सल्लाह गरी सखीहरुले पार्वतीलाई भगाएर जंगलमा राखी त्यही ठाउँमा पार्वतीले शिवजीको उपासना गर्न थाल्छिन ।
र, सखीहरुले पार्वतीलाई हरेर जंगलमा राखी त्यसै कारणले गर्दा सखी वा साथीहरुबाट हरिएकी भएकाले हरितालिका नाम रहन गएको भन्ने भनाइ छ । तीज शब्द संस्कृत शब्द्ध हो । भगवान् शिवजीले हरितालिका नाम यसै तीज शब्दबाट भएको हो भनि पार्वतीलाई बताएका हुन् भन्ने विभिन्न किम्बदन्तीमा उल्लेख भएको पाइन्छ ।
धार्मिक कथनअनुसार यसरी हिमालय पुत्री पार्वतीले महादेव स्वामी पाउन भनी ब्रत बसेको र ब्रतपश्चात पूणर् भएर महादेवलाई नै पाउनुभएको कारणले गर्दा हिन्दू नारीहरुले हरितालिका तीजमा आफ्नी पतिका सुस्वास्थ्य तथा दीर्घायुका लागि र अविवाहित नारीले राम्रो लक्षणयुक्त राम्रो पति पाउन भनी ब्रत बस्ने प्रचलन रही आएको छ । पार्वतीले महावेदलाई स्वामी पाउन भनी १०७ जुनीसम्म ब्रत बसेको र १०८औँ जन्ममा मात्र उहाँले आफ्नो श्रीमान्लाई पतिको रुपमा ग्रहण गरेको विभिन्न शास्त्रमा उल्लेख रहेको छ । यसरी लामो समयसम्म ब्रत बस्ने, त्याग, तपस्याका कारण आफना मनोकांक्षा पूरा हुने भन्ने कुरा प्रचलित रहेको छ ।
तीज अघिल्लो दिन अर्थात् द्वितीयाको दिन जसलाई दर खाने दिन पनि भनिन्छ । यस दिनमा राति मध्याह्न १२ बजेसम्म विभिन्न दूधजन्यबाट बनाइएका परिकारहरु वा शुद्ध खाद्य पदार्थ मानिने अन्यबाट बनाइएका परिकारहरु खिर, काँक्रा, सेल रोटी, अँचार, अनदीको पुवा, तामाका अँचारलगायतका परिकारहरु खाने प्रचलन रहेको छ ।
तीज अर्थात् तृतीयाको दिन ब्रत बसी स्नान गरी ब्रतको प्रणय गरी खाना खाने प्रचलन रहेको छ । यसैगरी पञ्चमी तिथिमा विभिन्न मनोकांक्षा पूराको लागि ब्रत बस्ने गरिन्छ । यस दिनमा धार्मिक परम्परा अनुसार ३६५ वटा दत्तिउनले दाँत माझ्नुपर्छ र माटो लेपन गरी स्थान गर्नु पर्दछ ।
यो ब्रत विवाहित र अविवाहित दुवैले गर्न सकिन्छ । यसरी पञ्चमीमा टोकिने दत्तिउनका ३६५ डाँठले वर्षभरिका जानअञ्जानमा भएका विभिन्न गल्तीबाट मुक्ति पाइन्छ भन्ने मान्यता रहेको छ । वैज्ञानिक हिसाबले पनि उपमार्ग कुटर लगाइने छालामा विभिन्न लयजीबाट मुक्ति पाइन्छ भनिन्छ भन्ने कुरा पुष्टि भएको छ । महिला दिदीबहिनीहरुलाई रजश्वला हुँदा छोइन नहुने व्यक्तिहरुसँग छोइएका हुन्छन्, ती पापबाट मुक्ति हुनका लागि पञ्चमीको ब्रत बस्नुपर्ने मान्यता रहेको छ ।
त्यसैगरी तीजका दिन महिला दिदीबहिनीहरुले विभिन्न राता पोशाकहरु लगाउने गरिन्छ । जस्तै :
रातो साडी : खुशी, स्मृति र शाहसको प्रतीकको रुपमा लगाइन्छ ।
रातो पोते : शौभाग्यको प्रतीकको रुपमा लगाइन्छ ।
रातो टीका : शौभाग्यको प्रतीकको रुपमा लगाइन्छ ।
यसरी हृदय स्वच्छ भएर मनोकामना पूणर् हुने हुँदा सम्पूणर् रातो पहिरणमा सजिने गरिन्छ ।
सुखलाई जोड्न, आनन्दलाई जोड्न, शौभाग्यलाई जोड्ने महिलामैत्री संस्कृति हो । हामी निरन्तर रुपमा आ-आप्mना कामकाजमा वर्षैभरि दुःखमा बिताइरहेका हुन्छौँ । जब विभिन्न चाडपर्वहरु उत्सव बनेर आउँछन् त्यही चाडहरुमध्येको पर्व तीज पनि एक हो ।
तीजलाई महिला दिदीबहिनीहरुको महान् पर्व हो भन्दा फरक नपर्ला । यस पर्वमा वर्षभरिका दुःख, पिर, व्यथा, वेदनाहरु माइतमा गई आमाबुबा, दिदीबहिनीसँग साट्ने गरिन्छ । त्यसैले होला सबै दिदीबहिनी, साथीसंगी जम्मा भएर दुःख, सुख साट्ने पर्व समेत भन्ने गरिन्छ, हरितालिका तीजलाई ।
दुःखहरुलाई गीतका माध्यमबाट राख्ने र नाच्दै गाउँदै सुखी र खुशी भएको अनुभूति गरिने भएकाले पनि तीजको महत्व उल्लेखनीय रहेको पाइन्छ । धार्मिक परम्पराअनुसार आफ्ना र आफ्नो पतिको सुस्वास्थ्य तथा दीर्घायुको कामनाका लागि ब्रत बस्ने प्रचलनले गर्दा तीजको महत्व उत्तिकै बढेको पाइन्छ ।
तीजमा देखिएको विकृति
तीजलाई महिलाहरुको महान् पर्वका रुपमा लिन्छन् । यस पर्वलाई वर्षभरिका दुःख, वेदानलाई मेट्न तथा आफनो मनको भावना व्यक्त गर्न एवं पतिको सुस्वास्थ्य तथा दीर्घाको कामनाका लागि ब्रत बस्नेत प्रचलन रहेको छ ।
पौराणिककालबाट सुरु भएको यस पर्वमा सिष्ट, सभ्य रुपमा मौलिक लोकभाकाहरुमा परम्परादेखि मादल, बासुरीको तालमा नाँच्दै गाउँदै आप्mना पिर, व्यथा भुल्ने रमाउने गरिँदै आएको पाइन्छ र आपूmले लगाउने राता वस्त्र विभिन्न खुशी, शान्ति, शाहस र सौभाग्य विभिन्न प्रतीका रुपमा लगाइन्छ ।
यति हुँदाहुँदै पनि अहिलेको समयमा हाम्रो समाज गलत बाटोमा हिडिरहोके छ । तीजको नाममाा विभिन्न विकृति र विसंगतिले स्थान लिन थालेको छ । दरका नाममा अशुद्ध परिकारहरु, वियर, मम, पिजालगायत अन्य पेय पदार्थको सेवन गरी आफनै तालमा रमाएको देखिन्छ । यस्ता घटनाले तीजको महङ्खव घटाउने मात्रै होइन आफ्नै संस्कृतिको वदनाम हुने गरेको छ ।
योसँगै तीजसम्बन्धी गाइएका केही गीतहरुले समेत तीज पर्व र नारीकै अपमान गर्ने गरिएको पाइन्छ । यसले गर्दा पछिल्लो समय संकट उत्पन्न भएको समेत देख्न सकिन्छ । पोशाकका नाममा कुनै राम्रो वस्त्र छैन ।
यसले हाम्रो परम्परा, संस्कृतिमा सिधै प्रहार भएको देख्न सकिन्छ । कला, संस्कृतिका नाममा न त कुनै लोक भाका, लय न कुनै लोक बाजाको प्रयोग न कुनै तीज विशेषका शब्द चयन भएको देखिन्छ । खालि उत्पात मच्चाउने, आफ्नो धर्म, संस्कृतिमा ठूलो प्रहार गर्ने काम भइरहेको छ ।
रमाइलोका नाममा यसरी गलत प्रवृत्तिलाई प्रश्रय दिनु समाजका लागि समेत राम्रो होइन । समयमै हामी सबैले यस्ता गतिविधि रोक्न सकेनौँ भने यसले विकराल रुप लिन्न भन्न सकिन्न । अतः हामीले यो संस्कृति, कला, यो परम्परालाई पुस्तान्तरण गर्न समेत पाउने अवस्था हराउनसक्ने अवस्था आउन थालेको छ ।
अहिलेको समयमा लोक लय, लोक भाका, लोक बाजा जस्तै मालद, बाँसुरी, विणा, भर्चुङलगायतका बाजाहरु सुन्न त के देख्न पनि नपाउने अवस्था रहन्छ । धर्म, संस्कृतिका नाममा हुँदै आएका गलत क्रियाकलापहरुलाई रोक्न हामी सबै लाग्नु पर्छ । आगामी सन्ततीहरुका लागि हाम्रो धर्म, संस्कृति बजाइदिनुपर्ने बेला आएको छ ।
