बाबुको जीवन बचाईदिन छोरीको अपील
दाङ,४ भदौ । बंगलाचुली गाउँपालिका–७ हाँसीपुर डोटेकी १२ वर्षीया योजना दर्लामीले आफ्नो बुवाको उपचारका लागि आर्थिक सहयोगको अपील गरेका छन् ।
४६ वर्षीय बुवा बेगमबहादुर दर्लामी मगरको ठूलो आन्दामा क्यान्सर भएको र उपचारको क्रममा पाँच लाखरुपैया खर्च भएको र थप उपचारका लागि आर्थिक अभाव भएको भन्दै योजनाले आफ्नो बुवाको जीवन बचाईदिन सवैसंग अपील गरेका हुन ।
उपचारका लागि चितवन लैजानुपर्ने तर आफूहरुसंग पैसा नभएकोले घोराहीमै अलपत्र परेको भन्दै उनले सक्दो आर्थिक सहयोगका लागि सवैसंग सहयोग गर्न माग गरेका छन ।
सहयोग गर्न चाहनेहरुले घोराहीस्थित सिटीजन वैंकको खाता नं. ०१९०१०००००५३५०३५ मा जम्मा गरिदिनुहुन अथवा ९४४९३२९८ मा सम्पर्क गर्न आग्रह गरेका छन ।
